श्याम थापा
सुस्ता ९ माघ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ को कार्यालयले पशु पालन कृषकहरुको मध्ये नजर गर्दै पशु कृषक कार्यालयमा होइन,कार्यालय नै पशु कृषकको घरमा भन्दै मुल नाराका अभियान जारी गरि पशु पालन कृषक हरुलाई लगबुक अर्थात अभिलेख रजिस्टर वितरण गरेको छ ।
पशुपालन कृषक हरुले आफ्नो समस्याहरु लिएर पटकपटक वडा कार्यालयमा आएर गुनासो पोख्ने र सुस्ता गाउँपालिकाको वार्ड न २ मा अत्याधिक पशुपालन गर्ने वार्ड नै भएको कारणले गर्दा साथै पशुपालन कृषकहरुलाई सहज र सरल रूपमा पशु सेवा प्रदान गर्ने उद्देश्यले पशु कृषक कार्यालयमा होइन,कार्यालय नै पशु कृषकको घरमा भनेर कृषकहरुलाई लगबुक वितरण गरिएको सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाले बताउनु भयो । सुस्ता गाउँपालिकाको २ मा भएको पशु फर्मका कृषकहरुलाई लगबुक वितरण गरिएको हो ।
सुस्ता गाउँपालिका वार्ड न २ मा २४ जना पशुपालन कृषक रहेको र त्यसमध्ये मा ८ जना कृषकहरुले पशुपालन फर्मलाई गाउँपालिकामा दर्ता गरेका छन ।
साथै सोही अभियान अन्तर्गत गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष मुखियाले कार्यालयलाई सेवाग्राही मुखी बनाउनको लागि एक घर एक पशु प्राबिधिक सेवा,एक घर एक फलफूलको बोट,जेष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य परिक्षण र घर घरमा समाजिक सुरक्षा भत्ता लगाएतका विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्नु भएको छ ।