सुस्ता । सुस्तामा हतियार सहितकाे भारतीय सुरक्षाकर्मीकाे अनधिकृत प्रवेश पश्चात उत्पन्न तनाव मत्थर पार्ने प्रयास संगसंगै सिमामा सुरक्षाकर्मीहरूकाे निगरानी गस्ती बढाइएकाे छ ।
नेपालभारतबीच सीमा विवाद रहेकाे सुस्तामा पटकपटक भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी नेपालीलाइ दुख दिने घटना दाेहाेरिदै आउने क्रमले निरन्तरता पाएपछि जनतामा बढेकाे आक्राेश मत्थर पार्न सुरक्षा कार्य सकृय पारिएकाे छ ।
सुस्तामा रहेकाे जनपथ प्रहरीसित मंगलवार विहानै सयाैंकाे संख्यामा पुगेका स्थानीयले सुस्तावासीकाे सुरक्षाकाे सवाल उठाए पश्चात जनपथ र सशस्त्र प्रहरी समेतले सीमामा गस्ती बढाएकाे छ । स्थानीयकाे आराेप छ, विगतमा भारतीय प्रहरी पटक पटक सुस्ता प्रवेश गरी मान्छे समात्ने र ज्यान मार्ने काम भएकाे छ, घटना नियन्त्रण हुनुभन्दा पछिल्लाे समायमा किन बढदै गएकाे छ ? सुरक्षा व्यवस्था चुस्तदुरूस्त बनाउन किन कमजाेरी हुदैछ ?
स्थानीयवासीकाे दबावपछि सुस्ता स्थित प्रहरीले मंगलवारदेखि थप प्रहरी परिचालन गरि सुस्ताकाे मुख्य मुख्य नाकामा सुरक्षकर्मी तैनाथ गरेकाे छ । चाैबिसै घण्टा गस्ती निगरानी बढाएपछि भारतले पनि सुरक्षा सतर्कता बढाएकाे छ । भारतले सीमामा भारतीय अर्धसैनिक बल एस. एस. बी खटाएकाे छ । सुस्तासित जाेडिएकाे सीमामा एस एस बी ले गस्ती बढाएकाे छ ।
गएकाे माघ २१ गते साेमवार पाेशाकमा रहेकाे हतियार सहितकाे भारतीय प्रहरी सुस्ताकाे नेपाली गाउँमा पुगेपछि स्थानीय आतंकित मात्र भएनन्, मुन्ना खाँ काे घर कता छ ? भनेर साेधिएपछि स्थानीयवासीले भारतीय प्रहरीलाइ घेरा हालेर नेपाल प्रहरीलाइ बाेलाएका थिए । स्थानीयकाे आक्राेश देखेपछि बाेली फेरेका भारतीय प्रहरीले हामी बाटाे बिराएर यता पस्न पुगेकाे कुरा बनाएका थिए । नेपाल प्रहरीले उनीहरूलाइ भारततर्फ फिर्ता पठाएकाे थियाे ।
नेपाल प्रहरीले उनीहरूलाइ भारततर्फ फिर्ता पठाएपनि नेपाल प्रहरीले उनीहरूबारे केही बताउन चाहेकाे छैन । अनलाइजनताले नवलपरासी प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँल र सुस्ता स्थित प्रहरी चाैकी इन्चार्ज असइ वशिष्ठ यादवलाइ साेधेकाे थियाे ।
कि बिना अनुमति हातहतियार सहित नेपाली सीमाभित्र प्रवेश गर्ने उनीहरू नेपालका लागि काे थिए ? सुस्ताकाे नेपाली भूमिमा किन आएका थिए ? भारतीय हतियार लिएर नेपाली भूमि पस्नुकाे पछाडीकाे रहस्य के थियाे ? उनीहरू सुस्तामा चर्चित व्यक्तित्व मुन्ना खाँ लाइ किन खाेजे ? उनीहरू चढेकाे भारतीय स्कार्पियाे गाडी काे नम्बर के थियाे ? यि र यस्ता सवाल अहिले पनि निरूत्तर बनेकाे छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी यस विषयमा अहिलेसम्म निरूत्तर बन्नुकाे पछाडिकाे रहस्य के हाे ? मिडिया मार्फत जनता जान्न चाहन्छ ।