सुस्ताको सामुदायिक बिद्यालयहरुलाई नमुना बनाउछु अध्यक्ष पाण्डे

11

श्याम थापा
सुस्ता ५ माघ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकामा रहेको सामुदायिक बिद्यालयहरुलाई नमुना बनाउने सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भएको छ । सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित बलिनगरमा रहेको श्री बि पि माध्यमिक बिद्यालयको रजत जयन्ती समारोह कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस्तो बताउनु भएको हो । सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेले आफ्नो गाउँपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक बिद्यालयहरुलाई नमुना बनाउने भन्दै शिक्षा क्षेत्रमा गाउँपालिकाले २०% प्रतिशत लगानी गरेको उहाँले बताउनु भयो । साथै अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिका भित्र रहेका केही बिद्यालयहरुमा दरबन्दी नभएको कारणले ती बिद्यालयहरु धरासायी बन्दै गएको अवस्थामा सो बिद्यालयहरुलाई धरासायी हुनबाट जोगाउनको लागि गाउँपालिकाको स्रोतबाट २० जना शिक्षकहरु नियुक्ति गरि सम्बन्धित बिद्यालयहरुमा ती शिक्षकहरुलाई अध्यापन गराउन पठाई सकेको पनि जानकारी दिनु भयो । रजत जयन्ती समारोहमा बोल्दै अध्यक्ष पाण्डेले शिक्षाको मन्दिर जस्तो बिद्यालयमा राजनीतिक गन्ध घुसाउन नहुने उपस्थित अभिभावकहरुसंग आग्रह गर्नु भएको छ । बि पि माध्यमिक बिद्यालय बलिनगर २५ बर्ष पुगेको अवसरमा बिद्यालयले २५ बर्ष सम्म गरेको उपलब्धिको प्रगति प्रतिबेदन बिद्यालयका प्र अ भागवत प्रसाद केवटले प्रस्तुत गर्दै बिद्यालय शैक्षिक क्षेत्रमा प्रगति गर्दै आएको र अगामी दिन देखि कक्षा ११ र १२ संचालन गर्ने भन्ने जानकारी गराउनु भयो । रजत जयन्ती समारोह कार्यक्रममा बि पि मा बि बलिनगरमा स्थापना काल देखि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेर सहयोग गर्दै आएको बिद्यालय व्यवस्थापन समितिका भुतपुर्व अध्यक्षहरु,बिद्यालयका सहयोगीहरु,शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा पत्रकार श्याम थापा,एबिसी नेपालका सन्जित कुमार शर्मा,शिक्षा प्रेमि जयबहादुर पाण्डे,भुतपुर्व अध्यक्ष रामेश्वर हजाम,दिपक माद्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश जैसवाल,जिल्ला समन्वय समितिका सदस्य कृष्ण बहादुर थापा,पक्लिहवाका पुर्व गा बि स अध्यक्ष कृष्ण नन्द चौधरी,सुस्ता गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष प्रभुनाथ यादव लगायतले शैक्षिक क्षेत्रको बिकास बारे शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे । भने कार्यक्रमको अध्यक्षयता बि पि माध्यमिक बिद्यालय बलिनगरका अध्यक्ष ओमप्रकाश तिवारीको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा भएको हो ।