सुत्केरीकाे सहारामा संस्था

13
नन्दु यादव, माघ २९ नवलपरासी 
संस्थाकाे सदस्यहरूकाे हकहितका लागि नवलपरासीमा कार्यरत एक सहकारी संस्थाले सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेकाे छ । कार्यक्रममा संस्थाले सुत्केरी प्राेत्साहन भत्ता प्रदान गरेकाे हाे ।
नियमित बचत गराै, उज्ज्वल भबिष्य बनाअाै भन्ने मुल नाराका साथ सन्चालित सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत सरावल गाउपालिका वडा न ६ बस्ने सस्थाकि सदस्य शिलादेेबी केवटलाई संस्थाले सुत्केरी प्राेत्साहन भत्ता स्वरुप नगद २ हजार रुपैया प्रदान गरेकाे सस्थाका ब्यवस्थापक लक्षुमन कुशवाहाले जानकारी दिए ।
भत्ता प्रदान गर्दै कुबेर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष याेगेन्द्र बनियाले याे सालदेखि सस्थाबाट सुत्केरी भत्ता प्रदान गर्ने कार्यक्रम सन्चालन गरिएकाे र अगामि दिनमा शिक्षा, खेलकुद लगायतका क्षेत्रमा प्राेत्साहन स्वरुप कार्यक्रम सन्चालन गरिने बताए ।