सीमामा नेपाल भारत संयुक्त गस्ती

90

संजय कुशवाहा नवलपरासी, पुस ५ ।

नवलपरासीमा सिमा सुरक्षा लागि नेपाली र भारतीय सुरक्षाकर्मीद्वारा संयुक्त गस्ति गरिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र भारतीय अर्धसैनिक बल एस.एस.बी. झुलनीपुरका जवानले संयुक्त गस्ती गरेका थिए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक तेजबहादुर बुढाथोकीको नेतृवमा रहेको गस्ती टोली र सशस्त्र सिमा बल एस.एस.बी झुलनीपुरको प्रहरी नायब उपरीक्षक एन चोंगलोईको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।

गस्तीको क्रममा सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो । संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट १३ जना, सशस्त्र सिमा बल एस.एस.बी.बाट १० जना र नेपाल प्रहरीबाट ८ जना सुरक्षा कर्मीको संयुक्त सहभागिता रहेको थियो ।