बर्दघाट ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बासाबसही चोकमा जडित सिसि क्यामराको मर्मत सम्भार नहुदा विगत केही महिना देखी बिग्रेको हुदा प्रयोग विहिन अवस्थामा रहेको छ । पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँ पालिकाकाे वडा नम्बर – १ स्थित बासाबसहीकाे चोकमा जडित सिसि क्यामरा बिग्रीए पछि प्रयोग बिहिन भएकाे हाे ।
सिसि क्यामरा बिग्रए पछि सडक दुर्घटना भएमा दाेषीलाई पक्राउ गर्न कठिनाई हुन सक्ने बासा प्रहरी चाैकिका प्रहरी सहायक निरिक्षक कमल प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बासा प्रहरी चौकीले सञ्चालन गर्दै आएको सो सिसि क्यामरा सरावल गाउँ पालिकाको आर्थिक सहयोगमा उक्त क्यामरा जडान भएकाेे थियोे ।
रातिको समयमा चौतर्फी दृश्य कभरेज गर्न सक्ने नाइटभिजन पिटिजेट क्यामरा क्वालिटि नहुदा विग्रिने समस्या देखा परेकोले आगामी दिनमा भरपर्दो क्वालिटियुक्त क्यामेरा जडानको गर्न अति नै आवश्यकता रहेकाे छ ।
सिसि क्यामरा प्रयोगमा न आउदा राजमार्ग केन्द्रित सवारी साधन दुर्घटना हुँदा वा दुर्घटना गराएर भाग्ने व्यक्तिलाई पहिचान गर्न समस्या हुने र सडक दुर्घटनाको अनुसन्धानमा समेत समस्या हुने प्रहरीले बताएको छ ।
नजिकिदै गरेको चार्ड पर्वका लापरवाहीले गर्दा सुरक्षा सम्बेदन शिलतामा चुनौती थपिएको हाे । सिसि क्यामरा जडान भएमा राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण हुनुका साथै दुर्घटनाका दोषी पक्राउ गर्न सहयोग गर्ने हुनाले यसकाे मर्मत सम्हार गर्नकाेलागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।