मसिंर २१ गतेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नवलपरासी र रूपन्देही जिल्लाको दक्षिणी सीमाका नाकाहरू सिल गरिएको छ । मंगलवार विहानबाट नाका पूर्ण रुपमा सिल गरिएको हो ।
प्रदेश नं. ४ काे त्रिवेणी बजार स्थित नाकादेखि लिएर गूठी परसाैनी, भुजहवा र महेशपुरका साथै रूपन्देही जिल्लाकाे सुनाैली र भगवानपुर नाकाहरु सिल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टाका लागि सीमा नाका सिल गरिएको हो ।
विहिबार बेलुका ६ बजेसम्म जिल्लाका सबै बोर्डर बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीन दिनसम्म सवारी साधन तथा सर्वसाधारण आवतजावत गर्न पाउने छैनन् । अति आकस्मिक तथा व्यक्तिको संवेदनशीलता हेरेर प्रहरी, प्रशासनसँगको समन्वयमा ने आवतजावत गर्न दिइने बताइएको छ ।
बोर्डर सिल गरिए पनि भारतबाट नेपालतर्फ आउने नेपाली मतदाताहरु उल्लेख्य रुपमा अाउने गरेकाे देखिएका छन् । उनीहरुलाई आवश्यक कागजात देखाएर सहज रुपमा नेपाल प्रवेश गराइँदैछ ।