बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो ।यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिरहा क्षेत्र नम्बर ३ का सभापति संजय प्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् । बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा. सुुभाषचन्द्र यादवले जानकारी गराएकाे खबर नयां पत्रिकामा छ ।