नवलपरासी, पुष ७ गते ।
जिल्लाकाे सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा सञ्चालनमा रहेकाे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औ बार्षिक साधारण सभा तथा ९औं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष शान्ता आर्यालको अध्यक्षता तथा सुस्ता गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष अशोक कुमार चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामनारायण चौधरीले आ ब ०७३/०७४ काे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बरुवाले १ करोड ३३ लाख ९५ हजार ५ सय ६४ रुपैया बराबरको कारोबार गरेको आर्थिक प्रतिबेदनमा प्रस्तुत गर्नु भएको थियो ।
बि स २०५६ सालमा स्थापना भएको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बरुवामा ५ सय ८० जना महिला र ५ सय ७ जना पुरुष गरि कुल १ हजार ८७ जना सदस्य रहेका छन् । संस्थाले १८ लाख ६४ हजार ३७ रुपैया शुद्ध नाफा कमाएको संस्थाका कावा अध्यक्ष अर्यालले बताउनुभयो ।
सस्थाका संचालक सदस्य बिमला सुबेदीको संचालनमा भएको कार्यक्रममा संस्थाका सदस्य माधव शर्मा, सुस्ता गाउँपालिका वार्ड न १ स्वास्थ्य कार्यालय प्रमुख अशोक कुमार पाण्डे, संस्थाका लेखा समितिका संयोजक मोतीकला पङगेनी लगायतकाले सहकारी विकासको अवधारणा अनुसार संस्था संचालन गरिनुपर्नेमा जाेड दिनु भएको थियो ।