साउदी र भारतबाट आइ क्वारेन्टाइनमा बसेका ४ जनामा देखियो कोरोना

8

साउदी र भारतबाट आइ क्वारेन्टाइनमा बसेका ४ जनामा देखियो कोरोना

साउदी अरब र भारतबाट आई होम क्वारेन्टाइनमा बसेका वडा नं. ३, ९ र १० का ४ जनामा कोरोना पुष्टि भएको मध्यबिन्दु नगरपालिका कार्यालयले जनाएको छ ।

मध्यबिन्दु नगरपालिका वडा नं. ३ का २५ बर्षका पुरुष गत साउन २ गते भारतको दिल्लीबाट सुनौली नाकासम्म आई त्यहाँबाट भ्यानमार्फत स्थानिय जनता मा.विको क्वारेन्टाइनमा बसेका थिए । यस्तै वडा नं. ९ का ५० बर्षका पुरुष गत साउन १ गते भारतको जम्मुकस्मिरबाट सुनौली नाकासम्म आई त्यहाँबाट मोटरसाइकलमा होम क्वारेन्टाइनमा आएको बसेका थिए ।

यस्तै वडा नं. १० का दुई पुरुष मध्ये २४ बर्षका पुरुष गत साउन १ गते साउदी अरबबाट काठमाडौं आई त्यहाँबाट अरुणखोलासम्म बसमा आएर होम क्वारेन्टाइनसम्म अटोमा पुगेका थिए । यस्तै अर्का २२ बर्षका पुरुष गत साउन २ गते साउदी अरबबाट काठमाडौं आई त्यहाँबाट बसमार्फत अरुणखोलासम्म आएर होम क्वारेन्टाइनसम्म अटोमा पुगेका थिए ।

अहिले संक्रमित चारै जनालाई देवचुली १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा पठाइएको छ । यो सँगै मध्यबिन्दु नगरपालिकामा ६ जना महिला र ४८ जना पुरुष गरी जम्मा ५४ जना कोरोना संक्रमित पुगेका छन् । यस्तै नवलपरासी पुर्वमा भने कोरोना संक्रमितको संख्या ३ सय २ पुगेको छ । जिल्लामा निको हुनेको संख्या भने २ सय २१ रहेको छ ।