२ भदाै, सहबान अन्सारी नवलपरासी
किसानकाे उखु किने पश्चात भुक्तानी दिने कार्यमा अालटाल गर्दै अाएकाे नवलपरासीकाे इन्दिरा सुगर मिलमा प्रभावित स्थानीय किसानहरूकाे समुहले मिलकाे मूलगेट लगायत विभिन्न कक्षमा तालाबन्दी गरेकाे छ । तालाबन्दी पश्चात मिलकाे सबै काम ठप्प भएकाे छ ।
चिनी मिलले किसानलाइ १८ कराेढ भन्दा बढी रकम भुक्तानी दिन बाकी राखेकाे छ । उखु खरिद गरेकाे बेला नै नगद भुक्तानी दिन्छु भनी किनेकाे उखुकाे माेल अहिलेसम्म पनि नदिएपछि अाजित किसानहरू मिलमा तालाबन्दी गरेका हुन् । गाउंगाउंबाट एकत्रित भएका किसानहरू समाजसेवी तथा सांसद हृदयेश त्रिपाठीका भतिजाे धिरज त्रिपाठीकाे नेतृत्वमा तालाबन्दी गरेकाे बताइएकाे छ ।
मिल मालिकले यस अघि भुक्तानी दिने भनेर कैयाैं पटक सूचना निकालेका तर भुक्तानी नदिइ किसानलाइ अलमलाइ रहेकाे देखेर किसान हितका लागि अाफु अगाडि सर्न बाध्य भएकाे त्रिपाठीले बताए ।
नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले उखु क्रसिङ्ग सिजन ७४/७५ र ७५/७६ को करिब १८ करोड रकम दिन बाकी राखेको बताइएकाे छ । समयमा भुक्तानी नपाउदाँ उखु किसानहरु ऋण तिर्न नसक्ब्नुका साथै खेती समेत स्याहार्न पैसाकाे अभाव खेपीरहेका छन् । समस्या भोग्न परेको हुदाँ मिल संचालकलाई पटक-पटक आग्रह गरिएतापनि मिलले बाकी रकम भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।
किसानहरुको बाकी भुक्तानी गर्न गराऊनको लागी करिब एक हप्ता पहिला प्रमुख जिला अधिकारीलाई ज्ञापनपत्र समेत दिएपनि अहिलेसम्म किसानहरुको भुक्तानी नपाउदा मिलको लेखाशाखा, प्रशासन कक्ष, साईबर र गोदाममा तालाबन्दी गरिएको त्रिपाठीले बताए । मिलको मातहतमा संचालन रहेको बेलाटारी स्थित पावर फेक्ट्री समेत ताला बन्दी गरिएको छ ।
उद्येगपति राकेश अग्रवालालाइ भुक्तानी नदिएकै कारण उद्याेगमन्त्रीकाे अादेशमा प्रहरीले पक्राउ गरि थुनेकाे थियाे । उनी थुनामुक्त त भए तर पनि किसानले हालसम्म भुक्तानी पाएका छैनन । सरकारले उनलाइ किन थुनेकाे थियाे र किन थुनामुक्त गर्याे ? पीडित किसानले सरकासित जवाफ मागेका छन् ।