बिज्ञापन

श्याम थापा, बाके २ पुष ।

स्थानीय अधिकार कार्यक्रमको सहभागितामुलक चिन्तन मनन कार्यशाला नेपालगन्ज बाकेको सिद्वार्थ होटलमा सुरु भएको छ ।

Advertisement

एक्सन एड नेपाल पश्चिमाञ्चल स्रोत केन्द्र नेपालगन्जको आयोजनामा भएको तीन दिने सहभागितामुलक चिन्तन मनन कार्यशालामा बाजुरा, डोटी, बाके, बर्दिया, दाङ्ग, नवलपरासी र पाल्पा गरि ७ जिल्लाको विभिन्न गैरसरकारी संस्थाको प्रतिनिधिहरुको सहभागी रहेको छ ।

कार्यशालामा बोल्दै एक्सन एड नेपालका निमित्त केन्द्रिय कार्यकारी निर्देशक सुजिता माथेमाले एक्सन एड बिश्वको ४५ वटा राष्ट्रमा रहेको र एक्सन एड नेपालले नेपालको पुर्व देखी पश्चिमको बिकट ४० जिल्ला भन्दा बढी जिल्लाहरुमा मानव अधिकार मुखी पद्धतिमा रहेर गरिब तथा सीमान्तकृत परिवारको गरीबीलाई अन्त्य गर्नका लागि विभिन्न परियोजना तथा कार्यक्रम मार्फत काम गर्दै आएको एक्सन एड नेपालका निमित्त केन्द्रिय कार्यकारी निर्देशक सुजिता माथेमाले बताउनु भयो ।

त्यस्तै एक्सन एड नेपालले बिगत ८ बर्ष देखी स्थानीय अधिकार कार्यक्रम नेपालको बिकट जिल्लाहरु बाजुरा, डोटी, बाके, बर्दिया, दाङ्ग, नवलपरासी र पाल्पा लगायतको जिल्लामा संचालन रहेको एक्सन एड नेपाल पश्चिमाञ्चल स्रोत केन्द्र नेपालगन्जका संयोजक सरोज पोख्रेलले बताउनु भयो ।

३ दिने कार्यशालामा एक्सन एड नेपाल बाट संचालन गरिएको स्थानीय अधिकार कार्यक्रमको सन २०१७ मा गरिएका कामहहरुको बार्षिक समिक्षा भएको छ । स्थानीय अधिकार कार्यक्रमले भुमी तथा प्राकृति स्रोत माथी अधिकारवालाहरुको पहुँच गराउने, सुशासन, महिला अधिकार र गुणस्तरीय शिक्षा गरि चार वटा उद्वेश्यमा रहेर काम गर्दै आएको छ ।

सोही उद्वेश्यमा रहेर गरेको सन २०१७ को बर्ष भरिको कामको पावर प्वाइन्ट र पि आर ए टुल्सको प्रयोग गरि समिक्षा गरिएको हो । कार्यशालामा बाजुराको पिसविन बाजुरा, मानव स्रोत केन्द्र बाजुरा, सम बिकास केन्द्र डोटी, नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बान्के,कमैया महिला जागरण समाज नेपाल बर्दिया, बोट फर कम्युनिटी डेभलपमेन्ट दाङ्ग, इन्द्रेणी सामाजिक बिकास  मञ्च नवलपरासी, माझी मुसहर बोटे कल्याण समिती नवलपरासी र सामाजिक स्रोत बिकास केन्द्र नेपाल पाल्पाका प्रतिनिधिहरु गरि करिब ६० जनाको सहभागिता रहेको छ ।

Advertisement