5.7 C
New York
Friday, March 14, 2025

Buy now

spot_img
spot_img

सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन, सूर्य थापा संयोजक

spot_img
spot_img

काठमाण्डाै – सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन गरेको छ ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे  हुनुहुन्छ । एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री हुनुहुन्छ । सूर्य थापा समितिको संयोजक पनि हुनुहुन्छ । माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ ।

समस्याग्रस्त र गोरखा मिडिया नेटवर्कमा गैरकानुनी ढङ्गले लगानी गरेका २९ वटा सहकारीमाथि छानबिन गर्न समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको माग गरेर संसद् चल्न नदिएपछि सरकारले समिति गठन गरेको हो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme