सशस्त्र प्रहरीद्वारा सरसफाई कार्यक्रम सम्पन्न

50

सहबान अन्सारी/ कार्तिक, नवलपरासी

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनीले अाज बुधवार सीमा क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

शुभ दिपावलीको तथा छठ पर्वको अवसरमा सशस्त्र प्रहरीले नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं‌ ६ (झुलनीपुर) बाजार पुर्ण रुपमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी र स्थानिय व्यापारीहरुको संयुक्त आयोजना रहेको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।

आज बिहान गुठी परसौनी छोटी भन्सार कार्यालय देखी मुख्य नाका दशगजा सम्म सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक माधव पण्डितले जानकारी दिनु भयो । आफ्नो पसल अगाडी फोहोर आफै सफा गर्ने आग्रह समेत गरिएको पण्डितले बताए ।