सशस्त्रकाे लाइन जनपदको फन्दाः नवलपरासी

9

संजय कुशवाहा, नवलपरासी ११ असार

उच्च जोखिममा रहेकाे कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि भारतीय सीमामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

स्थानीयवासी भन्छन्, घरायशी प्रयाेगकाे सामान ल्याउन खाेज्दा सशस्त्र प्रहरीले राेक्ने र पाए जफत गर्ने गरेकाे छ तर व्यापारी तथा तस्करहरूकाे सामानका ठुलठुला खेप नेपाल भित्रिने गरेकाे छ । रासायनिक मलदेखि किमती मेशिनरी सामानहरू समेत दैनिक निर्वाध रूपमा भित्रिने गरेकाे छ ।

काेराेना नियन्त्रणका लागि नेपाल संग सिमा जोडिएका भारतीय नाकाहरु पनि पुर्ण रूपमा सिल गरिएका छन् । भारत संग सिमा जोडिएका पश्चिम नवलपरासीका मुख्य नाकाहरु बन्द गरिएकाे छ । तर पनि जिल्लाकाे पक्लिहवा, गुठी परसौनी, धरमौली, बसहिया, हरखपुरा, भुजहवा लगायतका नाकामा स्थानीय किसानलाई राेक्ने तर तस्करहरुले खेतको बाटो प्रयोग गरेर सामानहरु भित्र्याउने क्रम भने रोकिएको छैन ।

सिमामा बाक्लो रूपमा परिचालन भएका सशस्त्र प्रहरीले तस्करहरूको सेटिङ मिलाउनमा लागेछ भने नेपाल प्रहरीले केरा बारी, उखुबारीको अति अावश्यक सामान नियन्त्रण लिएकाे छ ।

यसै क्रममा बुधवार गुठी परसौनी प्रहरी चौकी ईन्चार्ज घनश्याम रिमालको नेतृत्वमा खटिएको टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाबाट करिब ५० हजार बराबरको प्लास्टिकको रस्सी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए ।