नवलपरासी । सर्पदंशबाट नवलपरासीमा एकजना महिलाकाे ज्यान गएकाे छ ।
साउन ४ गते बिहान ३ बजे पिसाब फेर्न गएको अवस्थामा बायाँ खुट्टामा सर्पले टोकेपछि बर्दघाट नगरपालिका वडा नं. १४ बसोबास घर भएकी २० वर्षे सोनिया खनालकाे ज्यान गएकाे हाे ।
सर्पले टाेकेकाे घटना पश्चात उपचारका लागि स्थानिय सरोज मेडिकलमा लगी सामान्य उपाचार पश्चात जिल्ला अस्पताल परासी पुर्याएकोमा डाक्टरले ८:५० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए ।