सरावल गाउपालिकाको चौथो गाउँसभा सम्पन्न

119
उमेश बि.क / नवलपरासी
नवलपरासीको सरावल गाउँपालिकाले चौथो गाउँ सभा सम्पन्न गरेको छ ।
सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले गाउँसभाकाे एक कार्यक्रमका बीच ११ गते बिहान ८ बजे बैठक प्रारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै उहाले देशको समग्र विकासमा स्थानिय निकाय महत्त्वपूर्ण हुने हुदा जिम्मेवार भएर गाउँपालिकाको विकास निर्माणमा सक्रिय भएर लाग्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष उतमा रायले आर्थिक बर्ष २०७५/ ७६ को चैत मसान्तसम्मको कार्यप्रगती,कार्यविवरण सहित आयव्यय विवरण सम्बन्धमा, आर्थिक बर्ष २०७५/ ७६ को संसोधित आय व्यय विवरण सम्वन्धमा ,तेस्रो गाउसभाबाट स्वीकृत योजनाहरु संसोधन तथा परिवर्तन गर्नुपर्ने योजना सम्बन्धमा कार्यप्रगती,प्रस्ताव तथा निर्णय पेश गर्नुभएको थियोे ।
गाउँपालिका अध्यक्षले प्रस्तावहरु पास गरियोस भनी भनेपछि गाउँसभाले ताली बजाएर पारित गरेको थियोे । गाउँसभामा वडा सदस्यहरुबाट गाउपालिकाका गतिविधि सम्बन्धि सोधिएका प्रश्नहरुको जवाफ गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रमुख प्रशासकिय अधिकृत झबिश्ववर रेग्मीले सरल भाषामा जवाफ दिनुभएको थियोे ।