बिज्ञापन

उमेश वि.क, नवलपरासी १२ असाेज

नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ३ मा रहेकाे हिमालय युवा क्लब सरावलले ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिताको तयारी सुरु गरेको छ ।

Advertisement

सरावल गाउँपालिका वडा नं. ३ सरावलमा दशैकाे दिनसम्म आयोजना गरिने गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता असाेज १४ गते अाइतबार देखि सुरु भइ दशैकाे दिन सम्म सञ्चालन हुने छ । खेलकुद प्रतियाेगिताकाे तयारी स्वरुप विभिन्न समितहरु गठन गरिएको छ ।

युवाहरूलाई कुलतबाट बचाउन, राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्न ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता सुरु गरिएको क्लबको अध्यक्ष नरेश फाैजदारकाे संयोजकत्वमा ११ सदस्यी मूल समिति र १५ वटा उपसमितिहरु गठन गरिएको छ ।

सरावल गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष अणेन्द्र नाथ रायको प्रमुख अतिथ्यता तथा हिमालय युवा क्लबको अध्यक्ष नरेश फाैजदारकाे अध्यक्षतमा सम्पन्न भेलाले ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता गर्ने निर्णय गर्दै उपसमितिहरुको गठनगरेको हो ।

युवाहरूलाई कुलतबाट बचाउन, राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्ने उद्देश्य ले हुन लागेकाे उक्त खेलमा सरावल गाउँपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका गरि ३५ अाेटा फुटबल समूह सहभागी हुने अनुमान गरिएको क्लबका काेषाध्यक्ष धन बहादुर चाैधरीले जानकारी दिइएका छन ।

खेलमा प्रथम पुरस्कार – रु ५० हजार, मेडल, प्रमाणपत्र तथा द्वितिय पुरस्कार – रु २५ हजार, मेडल, प्रमाणपत्र राखिएको छ । कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले हिमालय युवा क्लबुकाे आयोजनामा हुन लागेको उक्त खेलकुदमा दशैकाे दिन थारुहरुका विभिन्न नृत्य जस्तै झमटा, झुमरा, झर्रा, लाठिनाच साथै दशैकाे मेलालाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Advertisement