सरावलमा नेपाली कांग्रेसको शुभकामना आदान प्रदान

19
उमेश बि.क / नवलपरासी, २९ चैत
नवलपरासीको सरावल गाउँपालिका ३ मा अवस्थित महेन्द्र मा.बि सरावलमा नेपाली कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नयां बर्ष २०७६ सालको अवसरमा नेपाली कांग्रेस नवलपरासी संगठन बिभाग शाखाको तथा ने.का सरावल गाउँपालिका समन्वय समितिकाे आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न हाे । समन्वय समितिका संयाेजक बिनाेद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले संगठन बिस्तार आजको मुख्य आवश्यकता भएको बिस्वास ब्यक्त गर्नुभयो ।
प्रतिनिधी सभा सदस्य समेत रहनुभएका कण्डेलले सो अवसरमा बोल्दै पार्टी भित्रको सबै गुट उपगुट अब सादाको लागी बिर्सेर सबै एक ढिक्का भएर जनताको सेवामा लाग्नुपर्ने बिचार राख्नुभयो । सबैभन्दा पहिलो भनेको जन बिस्वास वा जनमत हो तसर्थ जनताकाे भावना अनुसार अब कांग्रेस एक ढिक्का भएर अघि बढ्ने बिस्तार ब्यक्त गर्नुभयो ।
कांग्रेसका नेता अनिल कुमार गौड, जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर राय, सरावल गाउंपालिकाका प्रमुख राधेश्याम चौधरी, उपप्रमुख उतमा राय, पार्टीका सहसभापति सुबास चन्द्र गिरी, पार्टीका सचिव गजानन्द पटेल, महाधिवेशन प्रतिनिधि माेहन शर्मा, जिल्ला सहसचिव हरि यादव, पुर्ब स्वास्थ्य केन्द्रीय सदस्य राधेश्याम पाठक, पुर्ब क्षेत्रीय सभापति साेम नरायण चाैधरी, पुर्ब क्षेत्रीय सभापति रामचन्द्र माैर्यले पार्टीलाई एक जुट भई अगाडी बढाउनुपर्ने बिचार राख्नुभएको थियो ।