नवलपरासी, जीतेन्द्र गुप्ता माघ ८ ।
पूर्व गृहराज्यमंन्त्री तथा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले खेलकुदकाे माध्यमले बालबालिकामा रहेकाे प्रतिभा उजागर गर्छ । बालबालिकाकाे विकासमा सहयाेग पुर्याउने अतिरिक्त कृयाकलापमा जाेड दिइनु पर्छ भन्नुभयाे ।
बसन्त पंचमीकाे अवसरमा न्यू सन राइज इंग्लिश बोडिंग स्कूलले अायेाजना गरेकाे १६अाैं वार्षिकाेत्सव समाराेहलाइ सम्बाेधन गर्नुहुदै कण्डेलले विषयगत पढाइका साथै विद्यालयहरूले बालबालिकाकाे चाैतर्फी विकासका लागि जाेड दिनुपर्ने बताउनुभयाे ।
नवलपरासीकाे पाल्हीननन्दन गांवपालिका २ स्थित न्यू सन राईज इंग्लिश बोडिंगमा अाज सोमवारका दिन सञ्चालित वार्षिकोत्सव समाराेहमा विशेष अतिथि प्रदेश सभा सदस्य बैजनाथ कलवारले विद्यालय सञ्चालकलाइ धन्यवाद दिदै विद्यालयहरूलाइ सहयाेग गर्ने बताउनुभयाे ।
पाल्हीनन्दन गांवपालिकाका उपा प्रमुख पवित्रा कोहारले बालबालिकाहरूले प्रस्तुत गरेकाे कार्यक्रमकाे प्रशंसा गर्दै भन्नुभयाे, हाम्राे क्षेत्र पनि कुनै क्षेत्रमा पछाडि परेकाे छैन, मात्र अावश्यकता छ तालिमकाे । यसका लागि हामी र हाम्राे समाज अगाडि अाउनुपर्छ भन्नुभयाे ।
यस अवसरमा सुभाष गिरी, गजानन्द पटेल, प्रहरी चौकी इंचार्ज गोविंद रावत, सशस्त्र प्रहरी बल हरपुर इन्चार्ज प्रकाश ढकाल, रामनगीना सिंह, लल्लन यादव, जीतेन्द्र गुप्ता, सद्दाम हुसैन, सीता पाण्डेय, बेचू गौड़, नन्दू, संजय कुशवाहा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।