नवलपरासी असार 21
जिल्लाकाे सदरमुकाम परासीमा असार 21 गतेका दिन काेराेना महामारिमा सरकारले गरेका लापरबाहीका बिरुद्ध सिट्टी जुलुसकाे अायाेजना गरेकाे छ ।
युवाहरुकाे संजाल पावर अफ नेपालकाे अायाेजनामा जिल्ला सदरमुकाम परासीकाे बुद्ध चाेकबाट निस्केकाे सिठ्ठि जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर सरकारले काेराेना ब्यवस्थापनमा गरेकाे लापरबाहीका बिरुद्ध नारावाजि गरेकाे थियाे । नेपाल सरकारले नेपाली जनताहरुकाे अावाज नसुनेकाले बहिराे सरकारलाई सुनाउनका लागि सिठ्ठि जुलुस अायाेजना गरिएकाे संयाेजक एलिज गहतराजले वताउनु भयाे ।
जिल्ला प्रशासन अगाडि सय प्रतिसत पिसिअार लागु गर, बेसारे सरकार मुर्दावाद, दश अर्वकाे हिसाव सार्वजनिक गर, क्वारेन्टाइन ब्यवस्थापन गर, क्वारेन्टाइनमा मान्छे मार्न पाईदैन, क्वारेन्टाईनमा सुरक्षित साैचालय, सुद्द खानेपानि, जिवनजल, सिटामाेल तुरुन्त ब्यवस्था गर, क्वारेन्टाइनमा लैंगिक हिंसा अन्त्य गर, असक्षम पाहुना मन्त्रि राजिनामा दे लगायतका नारा लगाएका थिए ।
नारावाजि पछि अायाेजित काेण सभामा बाेल्दै अभियानकर्मी किशाेर गैरेले सरकारले काेराेना ब्यवस्थापनमा लापरवाहि गरेकाेले युवाहरु बाध्य भएर सडकमा उत्रिन परेकाे, काठमाडौ लगायतका स्थानमा सत्याग्रहमा बसेका युवाहरुकाे माग तुरुन्त सम्वाेधन गरिनुपर्ने माग गर्नुभयाे ।
त्यस्तै जुलुसलाई सम्वाेधन गर्न पुगेका प्रमुख अतिथि नेपाल बिद्यार्थी संघ नवलपरासीका निवर्तमान सभापति दधि पाैडेलले भने काेराेना ब्यवस्थापनमा सरकार असक्षम भएकाे, महामारी ब्यवस्थापन गर्नु भन्दा सरकार सत्तालिप्सामा तल्लीन भएकाे, महामारिमा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेकाे, सरकारले क्वारेन्टाइनमा जनतालाई सिटामाेल, सुद्द पिउने पानि, सफा साैचालय, जिवनजल जस्ता कुराहरु ब्यवस्थापन गर्न नसकेकाे अाराेप लगाए । जनता सिटामाेल र जिवनजल नपाएर मर्दा समेत सरकारका मान्छे हाेलिवाईन खाएर, ह्याङ्गअाेभर हटाउन गरिव नेपालि जनताले तिरेकाे करवाट जिमहाउस खाेल्न तल्लीन भएकाे अाराेप लगाउनु भयाे ।
फरक प्रसङ्गमा वाेल्दै नेता पाैडेलले भन्नुभयाे नेपालकाहरेक क्रान्तिमा युवा वर्ग जुर्मुराउने र क्रान्ति सफल भएपछि सुस्ताउने भएकाेले नेपालमा युवाबर्ग अपेक्षित हुन पुगेकाे र अव लाेकतन्त्रलाई संस्थागत बिकास गर्न, भ्रष्टाचार अन्यगर्न र सुसासन कायम गर्न युवाहरु राजनितीमा अाउनुपर्ने वताए । क्रान्ति सफल भएपछि जिवनकाे उत्तरार्दमा पुगेका बृद्द नेतालाई जिम्मेवारी नदिई स्वयम युवावर्गलेनै जिम्मेवारि लिनुपर्ने वताए ।
यदि सरमारले समयमै क्वारेन्टाइन ब्यवस्थापन नगरे अव युवा चुप लागि नवस्ने वताउनु भयाे । यदि सरकारले बेतिथि ब्यवस्थापन नगरे युवाहरु सडकमा अाउने र दक्षिण यसियाकै शक्तिशाली कम्निष्ठ सरकार म्युजियममा पुग्ने वताउनु भयाे । सरकारकाे असक्षमता बेसार पानि खाएर र सावुन पानिले हात धाेएर नहट्ने वताउनु भयाे ।