न्युज डेस्क, नवलपरासी, असाेज ३ गते ।
बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्च बर्दघाटले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम आज बर्दघाटमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा सुरु भएको तालीमलाई सुरक्षित यातायात नेपालका सचिव दिनेश पाण्डे प्रशिक्षण दिनुभएको थियो ।
त्यस लगत्तै सोही सहभागीहरुले दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन गरेका छन । नगरका सवै वडाहरुलाई समेटनेगरी गठन गरीएको युथ एक्सन फर रोड सेफ्टीको संयोजकमा समृद्धी सामुदायिक विकास मञ्चका वडा संयोजक युवराज पोखरेल र सचिवमा समृद्धी सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक भुपाल शर्मा रहनु भएको छ ।
अबको समयमा सस्थाले नगर क्षेत्रमा हुन सक्ने सडक दुर्घटनाका कारणहरुको खोजि गरि त्यसको न्युनिकरणका लागि पहल गर्ने, बर्दघाट देखि देवदह क्षेत्र सम्मा दुर्घटना हुदा समयमा उद्धार कार्यमा समेत जुट्ने र सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सडकको प्रयोगवारे प्रशिक्षण दिने सस्थाका अध्यक्ष मनिश अधिकारीले बताउनुभएको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख प्रशिक्षक सुरक्षित यात्रा अभियानका सचिव दिनेश पाण्डेले आम सडक प्रयोगकर्ताले सडकको अनुशासन नबुझे सम्म दुर्घटना न्युनिकरण हुन नसक्ने बताउदै सडकमा अकालमा ज्यान जानेक्रमलाई रोक्न युवाहरुको सक्रियता आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बृतचित्र जोखिममा ज्यान प्रर्दशन गर्नुका साथै सडकमा सुरक्षित आवागमनको अधिकार र कर्तव्यवारे प्रशिक्षण दिईएको थियो ।
त्यसैगरी युथ एक्सन फर रोड सेफ्टीका नवगठित सदस्यहरुमा रेडियो दाउन्नेका कार्यक्रम प्रमुख मनिष अधिकारी, रेडियो दाउन्नेकी प्राविधीक प्रमुख दिपा पाण्डे, गिरीराज भटराई, सबिना थापा, सुनिता पछाई, कल्पना चौधरी, ईन्द्र चौधरी र अनिष बर्मा लगाएत रहनुभएको छ । तालिममा सस्थाका २८ जना सदस्यहरु सहभागी थिए ।