उमेश बिक, रन्जीत शर्मा/ २६ साउन / नवलपरासी
परासी-भुमही रोडमा आवत जावत गर्नेलाई युवा सचेतना संस्था आयोजना तथा भोजपुरी पत्रकार हकहित संरक्षण संस्था , परिवर्तन समाजिक बिकास संस्था , साझा युवा क्लब ,सोसल युवा क्लब , कालिका युवा क्लब , पाल्हिनन्दन उथ्थान समाज संस्थाको संयुक्त सह-आयोजना तथा सहजीकरणमा निशुल्क मास्क बितरण तथा कागजात ठिक भएको २० चालकलाई सम्मान गर्दै जनचेतना फैलाउने कार्यको थालनी भएको छ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास देखिएपछि
“विश्व अभियानका लागी युवा सहभागिता; रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा सन्लगता”भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस-२०२० को अवसरमा रामग्राम नगरपालिका वार्ड न: १२ शान्ति चौरमा अर्थात नवलपरासी जिल्लाको परासी-भुमही सडक खण्डको झरही खोला नजिकै रहेको पुलको रोडमा आवतजावत गर्ने सर्वसाधारण लाई मास्क वितरण गरिएको छ।
आवतजावत गर्ने सवारी साधनहरु, बाइक, साइकल तथा पैदल यात्रुलाई मास्कको महत्व बुझाउन तथा अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने चेतना फैलाउन संस्थाका युवा सदस्यहरु ले पनि स्यवमसेवाक का रूपमा सहयोग गरेका थिए।
युवा सचेतना संस्थाका अध्यक्ष इमामुल अलि रोडमा उभिएर आफैले मास्क वितरण गर्दै भन्नु भयो “लकडाउन अन्त्य भएसँगै आवतजावत निकै बढेको छ र धेरै जसो ले मास्क नै नलगाई हिँड्ने गरेकोले कोरोना सर्ने जोखिम पनि बढ्छ त्यसकारण हामीले यो अभियान थालेका हौं” बिहान ७ बजे सुरु गरिएको सो अभियान ९ बजे सम्म चलेको र ३०० पिस मास्क सर्वसाधारणलाई वितरण गरिएको हो ।
यस लाई अझ प्रभावकारी बनाउन फेरि पनि यसलाई निरन्तरता दिईने संस्थाका सल्लाहकार एवम् रामग्राम नगरपालिका वार्ड न:- ०२ वडा सदस्य धिरज हलुवाइले जानकारी दिनु भयो ।
कार्यक्रममा युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलि, रामग्राम नगरपालिका वडा २ वडा सदस्य धिरज हलुवाई , भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था अध्यक्ष उमेश कुमार कि.क , राज चाैधरी ,प्र.ना.नि बाैद्ध शंकर थारु,प्र.स.नि हुमनाथ पाैडेल,प्र.ह तिलक राम भट्टराई ,प्र.स.नि संगित परियार ,संस्थाका वरिष्ठ सल्लाहकार सुधिर चोैधरी ,सचिव समासद जाेल्हा लगाएतकाे उपस्थिति रहेको थियाे।