1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

समुदायमा कांग्रेस अभियान महामन्त्रीसंग नागरिक संवाद कार्यक्रम सम्पन्न

spot_img
spot_img

गोपिगंज, १५ चैत,
“समुदायमा जाऔं समाजलाई सुनौं ” भन्ने मुल नाराका साथ समुदायमा कांग्रेस अभियान महामन्त्रीसंग नागरिक संवाद कार्यक्रम नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पश्चिम नवलपरासी जिल्लाको आयोजनामा विहिवार गोपिगंंजमा सम्पन्न भएको छ ।
काँग्रेसले गठबन्धन गर्दा पार्टीका कार्यकर्ताहरुमा व्यापक असन्तुष्ट भएकोले आसन्न चुनावमा काँग्रेस एक्लै लड्ने नेपाली काँगे्रसका महामन्त्री गगन थापाले बताउनु भयो । उहाँले सम्बाद यात्रा लिएर विभिन्न जिल्लाहरुमा पुगेको जानकारी दिदै, जहाँ गयो त्यहाँ पार्टी भित्रको गुट र उपगुटको अत्यन्त गर्नु पर्ने बताउनु भयो ।
गठबन्धनबाट कार्यकर्ता बीच असन्तुष्टी भएको हुदा, पार्टीले चुनावमा गरेको गठबन्धनले पार्टीलाई कहि कतै फाइदा नभएकोले पार्टी झन झन निष्क्रिय भएको बताउदै, काँग्रेसले अब कलम, हसिया हथौडा, सुर्य वा गिलास कहि कतै भोट हाल्न नलगाउने बताउनुभयो ।
काँग्रेसले २०१५, २०४८ र २०५६ सालमा राम्रो मत पाएको थियो । २ पटक बहुमत पाउदा सरकारको नेतृत्व राम्रोसंग समाल्न नसकेको हुदा, पार्टीले पाठ सिकेको बताउदै, सिकेको पाठका कारण आगामी निर्वाचनमा काँङ्ग्रेसले एक्लै चुनाव लड्ने महामन्त्री थापाको भनाई रहेको छ ।
“समुदायमा जाऔ समाजलाई सुनौ” भन्ने मुल नाराका साथ समुदायमा काङ्ग्रेस अभियान सुरु गरेका महामन्त्री थापालाई अधिकांश कार्यकर्ताहरुले काङ्ग्रेस भित्रको गुटका कारण पार्टी कमजोर भएकोले काङ्ग्रेसले अब घर झगडा मिलाउनु पर्नेे सुझाव राखेका थिए ।
हरेक नेपाली नेपालमा बस्ने वातावरणको सृजना गर्नु पर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क बनाउनु पर्ने, विद्यालय शिक्षा ऐन छिटो ल्याउनका लागी काँङ्ग्रेसको भुमिका लगायतका बिषयमा सदन देखी आम समुदाय सम्म काग्रेसको भुमिकाका बिषयमा कार्यकर्ताहरुले जिज्ञासा राखेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme