बिरगंज । नेकपा एमाले पर्सा जिल्लाको ८ औं जिल्ला अधिबेशनमा पर्सा जिल्ला कमिटिको सचिव पदमा संजीव कुमार मिश्राको उम्मेद्वारी दिने घोषणा भएको नेता प्रधूमन चौहानले बताएका छन ।
पर्साको पोखरिया नगरपालिकामा पर्सा क्षेत्र नं.३ का सम्पूर्ण नेता तथा अगुवा कार्यकर्ता भेलाले सर्वसहमतिले जिल्ला सचिवका लागी संजीव मिश्रालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
उक्त निर्णय पछी नगर कमिटी अध्यक्ष बिधाचल ठाकुरले मिश्राको उम्मेदवारी घोषणा गरेका बताए
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ,पर्सा जिल्ला सह इन्चार्ज तथा संविधान सभा सदस्य राजकुमार गुप्ता , संविधान सभा सदस्य तथा प्रदेश कमिटी सदस्य प्रधूमन चौहान , तेजप्रकाश निषाद , हीरा साह ,जिल्ला कमिटी सदस्य बासुदेव चौधरी , यशवंत यादव, बिकाश पाण्डेय , भगवान कर्मी , फ़रमान मियाँ , रामेश्वर चौहान , सुरेश पसवान , राधा साह कानु , प्रमोद कुशवाहा , अकलेश साह , लक्ष्मण चौरसिया, सागिर मियाँ ,गमिरा साह , हनीफ़ मियाँ , लक्ष्मीना कुशवाहा, सुनील कुशवाहा , पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरि चौधरी, युवा संघ सचिवालय सदस्य मोहम्मद निजाम , नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर , नगर कमिटी सचिव संतोष गिरी लगायतको उपस्तिथि रहेको थियो ।
बिधार्थी जीवनकाल देखी नै राजनीतिमा लागेका मिश्रालाई क्रियाशील नेताका रुपमा चिनिन्छ । मिश्राले २० वर्ष भन्दा लामो राजनितीमा लाग्दै आएको हुदाँ आफु जिम्मेवार तहमा पुगेर काम गर्ने आशा पलाएको हुँदा पार्टीलाई अझै सुदृढ र गतिशिल बनाउन जिल्ला अधिवेशनमा सचिवको उम्मेद्वारी दिने उनले बताए।
समग्र पार्टीमा अहिले पुस्तान्तरण र रुपान्तरणको बहस चलीरहेका बेलामा युवाको सहभागीता हुनुपर्ने आवश्यकता हुदाँ नेकपा एमाले पर्सा जिल्ला कमिटीमा आफू सचिवको दाबेदार रहेको मिश्राले बताए ।
अगामी निर्वाचनमा तिन वटै तहको निर्वाचनमा जिल्लामा एमालेलाई पहिलो शक्ति बनाउने, सबै संगठित सदस्यहरुको अभिलेखीकरण गर्न साथै पार्टीमा युवा, महिला, आदिवासी जनजाति, पिछडिएका समुदाय, एवं पार्टी एकीकरण तथा समायोजन तर्फका सवैको भावनालाई समेटदै उचित स्थान र अवसर दिएर पार्टीलाई अगाडि बढाउन आफुसंग कार्यक्रम तथा दृष्टिकोण रहेको बताएका हुन ।
यसरी रहयो मिश्राको राजनीतिक यात्रा:
१)रास्ट्रिय युवा संघ नेपालका बिरगंज नगर कमिटी सहसचिव
२)पर्सा क्षेत्र नंबर ३ का क्षेत्रिय कमिटी
३)युवा संघ जिल्ला कमिटी सचिव
४ )नेकपा एमालेका जिल्ला कमिटी सदस्य
५) प्रेस चौतारी जिल्ला सचिव
६) पत्रकार महासंघ पर्सा शाखा २ कार्यकाल सदस्य
७)नेकपा एमाले प्रदेश २ का प्रदेश कमिटी सदस्य
८)नेपाल पत्रकार महासंघ पर्सा कोषाध्यक्ष रहेका उनी संग राजनीति ज्ञान र अनुभव बढ़ी रहेको छ ।















