नन्दु यादव, पाैष २९ नलपरासी ।
शुलक्ष्य कृषि सहकारी संस्थाकाे चाैथाे बार्षिक साधारण सभा प्रथम अधिबेशन भुजहवामा सम्पन भएकाे छ । संस्थाका अध्यक्ष सतेश्वर पाण्डेकाे सभापतित्व तथा समाजसेवी रामनरेश मिश्राकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
शुलक्ष्य कृषि सहकारी सस्थामा कुल ६२९ शेयर सदस्य रहेका छन । बि.स. २०७० सालमा भुजहवा गा बि स मा स्थापना भई क्षेत्र का जनताहरुलाई कृषि, शिक्षा, बैदेशिक, पशुपालन लगायतका क्षेत्रमा सहयाेग गर्ने लक्ष्यका साथमा सञ्चालन गरिएकाे बताईएकाे छ ।
यस सस्थाले यश क्षेत्र का जनताहरुकाे जिवनस्तर उकास्नमा सहयाे गरेकाे जनताहरुकाे भनाई रहेकाे छ । सस्थाकाे तेस्रो साधारणबाट अा.ब.२०७३/०७४मा कुल २ कराेड ७० लाख बराबरकाे काराेबार गरेकाे छ । प्रथम अधिबेशनबाट पुनः सतेश्वर पाण्डेकाे अध्यक्षतामा सन्चालक समिति गठन गरिएकाे छ भने घनश्याम कलवारकाे सयाेजकत्वमा लेखा समिति गठन भएकाे छ ।
दशरथ मुरावकाे सयाेजकत्वमा ऋण लगानी समिति गठन गरिएकाे ब्यवस्थापक सन्ताेष कुशवाहाले बताउनु भयाे । यसै गरि कार्यक्रममा सरावल गाउपालिका प्रमुख राधेश्याम चाैधरी, महादेव यादव, अदालत राजभर, जितेन्द्र यादव, उमाकान्त गिरि, चक्रबहादुर कुशवाहा लगायतले सहकारीकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे ।