श्याम थापा
सुस्ता २१ माघ
नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबमा टेक बहादुर मगर चयन हुनु भएको छ ।
शिव शक्ति युवा क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निर्वाचन कार्यक्रममा टेक बाहादुर मगर अध्यक्ष पदमा चयन हुनु भएको हो । श्री शिव शक्ति युवा क्लब सकरदिन्हीका पुर्व अध्यक्ष जर्नाधन हजामको अध्यक्षतामा र जिल्ला समन्वय समिती नवलपरासीका सदस्य एवम क्लबका संस्थापक अध्यक्ष कृष्ण बाहादुर मगरको प्रमुख अतिथ्यतामा भएको क्लबको २१औ बार्षिक साधारण सभा तथा ७ औ निर्वाचन कार्यक्रममा क्लबको बिधान अनुसार ११ सदस्यीय कार्य समिती चयन भएको छ ।
जसको अध्यक्ष पदमा टेक बाहादुर मगर,उपाध्यक्षमा दयावन्त सिहं,कोषाध्यक्षमा बिष्णु बाहादुर आले मगर,सचिवमा बिधाता यादव, सहसचिवमा भिम बहादुर सुनार रहनु भएको छ । भने सदस्यहरुमा घनश्याम क्षेत्री, मनोज कुमार खडका, राजकुमार थापा, हरिन्द्र बिन, सुरेश कलवार, पारस चौहान र जर्नाधन कलवार रहेका छन ।
त्यस्तै कृष्ण बहादुर थापा मगरको संयोजक्तामा ७ सदस्यिय सल्लाहकार समिती पनि चयन गरिएको छ । जसको अध्यक्षमा कृष्ण बहादुर थापा मगर, सदस्यहरु लक्ष्मण सारु मगर, हुमेन्द्र सिहं क्षेत्री, रामतपस्या कलवार, श्याम बुचा मगर, सन्जित कुमार शर्मा र जर्नाधन हजाम रहनु भएको छ ।