शितलहरबाट बचाउनकाे लागि कम्मल वितरण

108

उमेश वि.क सरावल , ३० पाैष २०७४ ।

नवलपरासीकाे सरावल गाउँपालिका साबिक देवगाव, मनरी र सरावल गाबिसमा शितलहरबाट बचाउनकाे लागि कम्मल बितरण गरिएको हाे।

नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावलकाे आयोजनामा उक्त कम्मल बितरण गरिएको छ । नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावलकाे अध्यक्ष रामउग्रह यादवको अध्यक्षतामा तथा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यता एवम नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा उपसभापति हैदर अलि माेमिनकाे बिशेष आतिथ्यता शितलहरबाट बच्नकाे लागि अतिबिपन्न, अशहाय गरीब ब्यक्तिहरुलाई साबिक देवगाव, मनरी र सरावल गाबिस गरि २५ जना अशहाय अतिबिपन्न परिवारलाई कम्मल बितरण गरिएको हाे।

कार्यक्रममा बाेल्दै सरावल गाउपालिका अध्यक्ष चाैधरीले शितलहर वायुजन्य प्रकाेप हाे । याे बिशेष गरी केटाकेटी, बुढाबुढी, सुत्केरी, गर्भवती, अशक्त, अपाङ्ग, कमजोर स्वास्थ्य रहेका र विरामी मानिसलाई चिसाेले बढी असर गर्दछ । त्यसकारण न्यानो कपडा, गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ र घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ । साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्नेगरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न प्लास्टिक, सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ र न्यानाे कपडा जाेहाे गरि अाफु पनि बचाै र अरुलाई पनि बचाउ भन्ने कुरामा जाेड दिनु भएको थियोे ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा उपसभापति हैदर अलि माेमिन,सरावल गाउपालिका वडा न. २ वडा अध्यक्ष सम्भु चाैधरी, नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावल उपसभापति रमासिंह राय, समाजसेवी एवम् सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल प्रिन्सिपल सुखाडि प्रसाद चाैधरी, अर्जुन चाैधरी, गिरधारी काेहार लगायतले बाेल्नुभएकाे थियो ।