विपन्न वर्गका लागि माेटर र डिजलपम्प वितरण

9
उमेश बि.क, नवलपरासी माघ ११ ।
विकल्प नवलपरासीले अाज विहिवार विपन्न समुदायका किसानलाइ माेटर र डिजल पम्प वितरण गरेकाे छ ।
बिकल्प नवलपरासीले युनाइटेड मिसन टु नेपाल (यूएमएन) काे सहयाेगमा विपन्न वर्गका किसानका लागि तरकारी खेती ब्यवसायिक रुपमा उन्मुख गराउने उद्देश्यले माेटर र डिजलपम्प बितरण गरिएको हाे ।
बिपन्न बर्गकाे जिवनस्तर सरल बनाउनकाे लागि याे माेटर र डिजलपम्प बितरण गरिएको हाे । याे माेटर र डिजलपम्प बितरण एकीकृत दिगाे जिबिकाे पार्जन कार्यक्रम अन्तर्गत दलित, असहाय,अतिबिपन्न लच्क्षित बर्गलाई समेटेकाे छ।
खासगरी असहाय अशक्त र अति बिपन्न समुदायलाई लच्क्षित गरेर बिगतका दिनदेखि नै यस्ता कार्यक्रम बिकल्पले गर्दै अाईरहेकाे छ । बिकल्प नवलपरासीकि अध्यक्ष कबिता ज्ञवालीकाे अध्यक्षतामा तथा बर्दघाट नगरपालिकाकाे कृषि प्राबिधिक अबदुल अलि मुसलमानकाे प्रमुख अातिथ्यतामा बिपन्न बर्गका लागि माेटर र डिजलपम्प बितरण कार्यक्रम अाज सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै बर्दघाट नगरपालिकाकाे कृषि प्राबिधिक अबदुल अलि मुसलमानले बिकल्पले दलित , असहाय,अतिबिपन्न बर्गका लागि बितरण गरिएको माेटर र डिजलपम्प स्रहनिय छ। नेपाल कृषि प्रधान देश भएको हुनाले अहिलेकाे अवस्थामा महिला दिदिबहिनीहरुकाे लागि तरकारी खेती अति अावश्यक छ।
यसले कृषि क्षेत्रमा बिशेष भुमिका खेल्दछ, तरकारी खेति गर्दा अार्थिक स्तर वृद्धि गर्ने काम गर्दछ । र केही हदसम्म देशकाे बेरोजगारी समस्या समाधान हुनेछ भन्ने कुरामा जाेड दिनु भएको थियोे । साथै यश क्षेत्रकाे समाज परिवर्तन कार्यमा हातेमाले गरि बढ्ने र अन्य कार्यक्रमकाे लागि सहयोग र साथ अाफु अगाडि बढ्ने बिचार राख्नुभएको छ।
साे माेटर र डिजलपम्प बितरण कार्यक्रममा सुस्ता गाउँ पालिका र बर्दघाट नगरपालिका गरि अति बिपन्न ५ जना महिलाहरुलाई तरकारी खेति ब्यवसायिक रुपमा गर्नकाे लागि माेटर र २ जना महिलालाई ३९ जना कृषकको ३० बिगहा जग्गामा नियमित रुपमा तरकारी खेती र अन्न खेतीलाई सिचाइ पुर्‍याई उत्पादन क्षमता बढाउन डिजलपम्प बितरण गरिएको हाे।
कार्यक्रममा बर्दघाट नगरपालिका १५ वडा सदस्य मनकाजि परियार,वडा सदस्य बुद्धिमाया सुनार बिकल्पका फिल्ड काेडिनेटर रामनगिना गुप्ता पशु प्राबिधिक गगन सिंह राना, स्वास्थ्य परिचालिका कमला फुल्देल,बिष्णु अधिकारी लगाएतले बाेल्नुभएकाे थियोे ।