सहबान अन्सारी, असार २२ गते ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाऊपालिका वडा नं ५ सुस्तामा बिधुतको आपुर्ती नहुदाँ स्थानियहरु सन्चार माध्यमको पहुचबाट वञ्चित भएका छन् ।
बर्षौ देखी बिभिन्न समस्या भोग्दै आएका सुस्ता बासीहरुले उक्त गाऊमा बिधुतको आपुर्ती नभएको हुदाँ रेडियो,टि.भी.कम्प्युटर मोबाईल लगायत बिभिन्न बिधुतीय उपकरण उपयोग गर्न सकेका छैनन । सुस्तामा एक मात्र विध्यालय जनता दलित आधारभुत बिध्यालय रहेको छ । सो बिध्यालयमा कुल ७ जना शिक्षक शिक्षिका रहेको बिध्यालयमा कुल २६७ जना बिध्यार्थीहरु अध्यनरत रहेका छन।
बिधुतको समस्या हुदाँ विध्यार्थीहरुलाई पठन पाठनमा समस्या हुदै आएको जनता दलित आधारभुत बिध्यालयका प्रधानाध्यापक उदय बहादुर रुचालले बताउनु भएको छ। सरकार र स्थानियहरुको सहयोगमा बिधुत उत्पादन गर्न सकिने भए पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । चुनावको बेला राजनितिक दलहरुले सुस्ताको समस्या सामाधान गर्न चुनावी मुद्दा बनाए पनि अहिले सम्म उक्त ठाँउको मुहार फेर्न सकिएन ।
बिगत लामो समय पछि सुस्ता र पक्लिहवा जोडने एसीयाको दोस्रो र नेपालको पहिलो लामो झुलङ्गेपुल निर्माणधीन पुलको ५ बर्षमा कार्य सम्पन्न अवधी भएपनि करिब ३ बर्ष बिती सक्दा हाल सम्म करिब ५ % प्रतिशत मात्र काम भएको ऊक्त पुल दिनहु अन्योलमा पर्दै गएको हुदाँ सुस्ता बासी चिन्तित भएका छन ।
४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा करिब २६५ घर दुरीका मानिसहरुले बसोबास गर्दै आएका छन ।