बर्दघाट ।
विजय लघुवित वित्तिय सस्था लिमिटेड शाखा कार्यालय जमुनिया प्रतापपुर – २ गोपीगंज पश्चिम नवलपरासीको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम शुक्रबार गोपिगंजमा सप्पन्न भएको छ ।
विजय लघुवित वित्तिय सस्थाको शाखा प्रमुख मध्यावती पोख्रेलको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय सेमरीका कार्यलय प्रमुख सुमन खरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि खरेलले बोल्दै, आफ्नो बचतकर्ताहरुलाई वित्तिय ब्यवस्थापन कसरी गर्ने आफूले आफूसङ्ग भएको पुँजि कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सम्बन्धि आजको सिकाईले बचत गर्न सहज हुने भएकोले यस सिकाइले बचत गर्ने बानिको विकास हुने बताउनु भयो।
उहाँले उध्देश्य अनुसार लिएको ऋण सम्बन्धित काममा लगानी गरेर नाफा गर्न सके जीवन यापन गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा अनुगमन अधिकृत दीपेन्द्र प्रसाद चौधरीले घरायसी आम्दानी खर्च र वचत कसरी ब्यस्थापन गर्न सकिन्छ भन्ने विषयमा रहेर प्रशिक्षण गर्नु भएको थियो ।
सस्थाको सदस्य दिपक ज्ञवालीले आजको सिकाइले फजुल खर्च कम गरेर बचत गर्न सकेको रकमले आर्थिक पाटोमा आफू सक्षम भइने बिचार व्यक्त गर्दै, आजको सिकाइलाई व्यवहारमा उतारेर आर्थिक हिसाबले सफल भईने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै, स्वागत मन्तब्य शाखा प्रमुख मध्यावती पोख्रेलले गर्नु भएको कार्यक्रमको सन्चालन हुम कुमारी ज्ञवालिले गर्नु भएको शाखाका सहायक नरबिन्द्र चौधरीले जानकारी दिनु भयो । यस जमुनिया शाखा अन्तरगत १७२ वटा समूहहरु सन्चालनमा रहेको छ । कार्यक्रममा ६५ जनाकाे सहभागीता रहेको थियो ।