वामगठबन्धन भनेकाे मतदातालाइ झुक्याउने खेल हाेः देवेन्द्रराज कण्डेल (अन्तरवार्ता)

74

नेपाली कांग्रेस पार्टीमा प्रभावशाली नेताकाे रूपमा चर्चित एवंम् केन्द्रीय सदस्य समेत रहनुभएका देवेन्द्रराज कँण्डेल अहिले (प्रतिनिधि सभा निर्वाचन २०७४) प्रदेश नं.५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उमेदवार हुनुहुन्छ ।

यस अगावै दुई पटकसम्म निर्वाचित भई गृह राज्यमन्त्री हुनुभयाे । कारण उहांको विकासशिल साेंच र साहसी स्वभाव । पूर्व–पश्चिम राजमार्गदेखि आफ्नै घर रहेको रमपुरवाँ सिमा नाकासम्म फैलिएको यस निर्वाचन क्षेत्रमा कण्डेलको निकै पकड रहेकाे छ । गृह राज्यमन्त्री हुदा कण्डेलले गरेको कामले राष्ट्रिय चर्चा पायाे ।

कण्डेलले द्धन्द्धकालमा गृह राज्य मन्त्रीको भुमिकामा रहदा सरकारको तर्फबाट तत्कालीन अवस्थामा माओवादीका शिर्ष नेताहरुको टाउकोको मोल तोकेर राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा कण्डेल एकाएक चर्चामा आउनुभयो । द्धन्द्धकालमा तत्कालीन माओबादीले १७ राउण्ड गोली प्रहार गरि हत्याको प्रयास भएको थियो । यद्दपी मृत्युलाई समेत जितेर कण्डेल भाग्यले बाच्न सफल हुनुभयो । कण्डेललाई लागेको गोलीहरुमध्ये एउटा गोली अझै पनि कण्डेलको छातीमा छ ।

नेता कण्डेलको राजनीतिक पृष्ठभुमीः

वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कँण्डेल र आमा धनदेवी कँण्डेलको कोखबाट जन्मीनु भएका नेता कण्डेलको जीवन पनि संंघर्षपूर्ण छ । अहिलेसम्मको आफ्नो पूर्ण राजनीतिमै बिताउनु भएका नेता कण्डेल विद्यार्थी जीवनमा पढाईसँगै खेलमा अव्वल हुनुहुन्थ्यो ।

शैक्षिक योग्यताको हिसाबले उँहा राजनीतिशास्त्रमा स्नातक हुनुहुन्छ भने विगतम अन्तराष्ट्रिय हकी खेलाडी भएर पनि नेपाल र भारतको समेत खेल जगतमा योगदान दिनुभएको छ । तर कण्डेलकी हजुरमुवा साथै बुवा पृथ्वीराज कँण्डेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मार्नुभयो ।

उँहाको बुवा पृथ्वीराज नेपालको पहिलो जन निर्वाचन २०१५ मा सांसद समेत रह्नु भएको थियो भने उहांको हजुरमुवामा पनि पुर्व सांसद हुनुहुन्थ्यो । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रह्नु भएको विश्वेश्वर प्रसाद कोईरालाको सरकारमा उँहाको बुवा पृथ्बीराज कण्डेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । तर नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचारप्रसार अभियानमा लागेर सुरु गर्नु भएको हो ।

तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुईपटक अध्यक्षमा समेत भारी मतले विजयी हुनु भएको थियो ।

केन्द्रिय राजनीतिमा नेता कँडेल

नवलपरासीकाे साविक बडहरा दुबौलिया गाविसमा दुईपटक भारी मतले अध्यक्षमा निर्वाचित भएपछि सो क्षेत्रका जनतामा नेता कण्डेल अत्यन्तै लोकप्रीय बन्नु भएको थियो । त्यही लोकप्रियताका कारणपनि उँहालाई त्यस क्षेत्रका जनताहरुले राष्ट्रिय राजनीतिमा पु¥याउनका लागि भारी मतले दुईपटक बजयी गराएका थिए ।

२०५१ सालको सांसदीय निर्वाचनमा नेता कँण्डेल त्यतीबेला निर्वाचन क्षेत्र नं.४ बाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो । त्यति बेला उँहा (नेपाली कांग्रेस) ले १९ हजार ५ सय १० मत प्राप्त गर्नु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी नेपाल सद्भावना पार्टीका दुर्गा प्रसाद चौधरीले १४ हजार ७७ मत प्राप्त गर्नु भएको थियो ।

यस्तै २०५६ मा भएको सांसदीय निर्वाचनमा सोही क्षेत्रबाट उँहाले १८ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी हुनु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी दुर्गा प्रसाद चौधरीले १६ हजार ९ सय १५ मत प्राप्त गर्नु भएको थियो । दुईवटै निर्वाचनबाट बिजयी भएर उँहाले गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी संभाल्नु भएको थियो ।

तत्कालीन गिरिजा प्रसाद कोईरालाको सरकारमा उँहाले संसदमा सचेतकको भुमिका समेत निर्वाह गर्नु भएको थियो । यद्धपी उक्त समय देशमा माओबादी केन्द्रको ससत्रद्धन्द्ध काल चरम सिमा नाघेको थियो । शुरक्षाको दृष्टिकोणले अत्यन्तै मह्त्वपूर्ण रहेको गृहमन्त्रालयमा जिम्मेवारी संभाल्न त्यतीबेला त्यत्तिकै चुनौतीपूर्ण पनि थियो ।

नेता कण्डेलकै शब्दमा त्यतीबेला कुनै नेताले गृहको जिम्मा संभाल्न नमानेको बताईएको छ । तर त्यो कठिन परिस्थितिमा दुई दुई पटक सम्म गृहमा राज्य मन्त्रीको जिम्मा कँण्डेलले संभाल्नु भएको थियो । ससत्रद्धन्द्ध कालमा शान्ति शुरक्षा कायम गर्नका लागि उँहाले चालेको केही कदम र बोलेको बचनले गम्भीर आक्रमणको सामना समेत गर्नुपर्यो ।

वि.सं २०६० भाद्र १२ गते माठमांडौमा उँहा माथी १७ राउन्ड गोली प्रहार भएको थियो । जसमध्ये ७ वटा गोली उँहालाई सरीरको विभिन्न भागमा लागेको थियो । एउटा गोली अझै उँहाको छातीमै रहेको छ ।

२०६० पछिको राजनीतिक यात्रा

अहिले बोनस लाईफ बाँचीरह्नु भएका नेता कँण्डेलको २०६० पछिको जीवनमा निकै उतारचढाव भएको छ । २०६० पछि उँहाले १ वर्षको जीवन निर्वाषन जीवन बिताउनुपर्याे । तर २०६२÷६३ को आन्दोलनमा उँहालाई पार्टीले कांग्रेसको तर्फबाट अग्रणी भुमिका निर्वाह गर्न जिम्मा दियो ।

उँहाले लुम्बिनि अञ्चलको कमाण्डर बनेर त्यती बेला कांग्रेसको तर्फबाट कमाण्डर भएर नेतृत्व गर्नु भएको थियो । प्रजातन्त्रलाई पुर्नस्थापना गर्नकालागि भएको उक्त आन्दोलनमा पनि उँहाको निवास रमपुरवाँ गाविसको महेशपुरमा समेत आक्रमण भएको थियो ।

२०७४ को निर्वाचन अवस्था

नवलपरासी निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा आफ्नो जित सुनिश्चित रहेको नेता कँण्डेलको दावी छ । यस निर्वाचन क्षेत्रमा सरावल गाउँपालिकाको वडा नं.१, २ र ३, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाहरु रहेका छन् ।

यँहा १ लाख ५ हजार ८ सय ६९ मतदाताहरु रहेका छन् । पाल्हीनन्दन गाउँपालिकास्थित महेशपुरमा उँहाको घर पनि हो । तर स्थानीय तहको चुनावमा उक्त गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्र बिजयी भएको छ भने उपाध्यक्षमा कांग्रेसले जितेको छ ।

यद्धपी पाल्हीनन्नद गाउँपालिकामा कांग्रेसले अहिले आफ्नो स्थितिमा निकै सुधार ल्याएको देखिएको छ । यता रामग्राम नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अधिकांस वडामा कांग्रेसनै बिजयी भएको छ ।

यस्तै सुनवल नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उमेदवार बिजयी भएका छन् । यस्तै सरावल गाउँपालिकाको वडा नं १, २ र ३ मा नेपाल लोकतान्त्रीक फोरम विजयी भएको छ । तर उक्त गाउँपालिकाको फोरमका अध्यक्ष सहित फोरम नवलपरासीनै कांग्रेसमा बिलय भएको छ ।

यो अवस्थामा कांग्रेसलाई अहिलेको प्रतिनिधि सभा सदस्यमा सकस नहुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट उमेदवारी दिएका माओबादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम यादव र राजपाका केन्द्री उपाध्यक्ष गोबिन्द चौधरी उँहाको प्रतिद्धन्द्धी हुनुहुन्छ । तर मंसिर २१ गते हुने निर्वाचनमा कांग्रेस र वाम गठबन्धन बिचनै प्रतिस्पर्धा हुने मतदाताहरुको आंकलन छ ।

अन्तरवार्ता

आसन्न चुनाव नजिकिदै गर्दा विभिन्न पार्टिले आ–आफ्ना चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । यसै क्रममा नवलपरासी सुस्ता पश्चिम प्रतिनिधि सभा २ का उम्मेद्वार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलसंग गरिएको कुराकानीकाे अंश ।

अहिलेको बाम गठबन्धनसंग चुनावी मैदानमा आउदा नेपाली कांग्रेसलाई कस्ता चुनौतिहरु देख्नु भएको छ ?

मेरो विचारमा एमाले र माओवादी केन्द्रले गरेको यो चुनाव केन्द्रित गठबन्धन जसलाई बाम गठबन्धन भनिएको छ । यो केवल मतदातालाइ झुक्याउने खेल मात्र हो, चुनावपछि यी दुई पार्टि एकिकरणको कुनै सम्भावना छैन् ।

अहिले एमाले र माओवादी केन्द्र पार्टि एकताको निकै चर्चामा रहेको बेला तपाईले यी दुई पार्टि एकिकरण कुनै सम्भव छैन भन्नु भयो किननी ?

राजनीति सिद्धान्तमा आधारित रहेर गरिन्छ । यी दुई पार्टि विच पार्टिगत रुपले हेर्दा कुनै पनि सिद्धान्तहरु मिल्दैनन् । जवकी सिद्धान्त नै मिल्दैन भने कसरी पार्टि एकिकरण हुन सक्छ । अहीले आएर माओवादी केन्द्र पार्टि एमालेमा नै विलय हुनु थियो भने यो पार्टिले आफ्ना कार्यकर्ता र आफ्नो सिद्धान्त नै छाड्नु पर्दछ त्यसैले मलाई लाग्छ कि माओवादि केन्द्रले आफ्नो सिद्धान्त नै छाडेर एमालेमा विलय हुदैन ।

अहिले चुनावी मैदानमा बामगठबन्धनसंग हाेमिदा चुनाव जित्न तपाईलाई निकै चुनौति छ भन्छन नि ?

तपाईले भनेको कुरा बाहिरी विश्लेषणको आधारमा निकै सही हो तर चुनावमा आन्तरिक विश्लेषण गर्न जरुरी छ । हामी आन्तरीक र बाह्य विश्लेषण गरेर हेर्दा मैले त मेरो क्षेत्रमा म संग चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखेको छैन ।

तपाईले त अचम्मको कुरा पो गर्नु भयो त, तपाई संग अहीले चुनावि मैदानमा बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटव्यारो सदस्य घनश्याम यादव हुनुहुन्छ । उहांसंग तपाइैको चुनावी प्रतिस्पर्धा हुदैनन ?

हो तपाईले भनेको कुरा एकदमै सही छ म संग चुनावी मैदानमा अहीले बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता घनश्याम यादव हुनुहुन्छ । र यहांसंग मेरो चुनावी प्रतिस्पर्धा नै हुदैन किनकी उहां नवलपरासी जिल्ला निवासीनै होइन र नवलपरासी जिल्लामा पनि एमाले र माओवादी केन्द्रका धेरै साथिहरु हुदाहुदै रुपन्देहीबाट आएर नवलपरासीमा चुनावी मैदानमा हुमीनु भएको छ । उहा त हाम्रो जिल्लाको अतिथि हो, र अतिथिसंग मेरो प्रतिस्पर्धा हुदैन र छैन पनि ।

तपाईले आफ्नो प्रतिस्पर्धा हुदैन भन्नु भएको छ । मतदातासमक्ष पुग्दा कस्तो अनुभुति पाउनु भएको छ त ?

तपाईले एकदमै राम्रो प्रश्न जोड्नु भयो । म अहीले सुनवल, परासी, सरावल, पाल्हीनन्दन लगायतका ठांउहरुमा दैनिक घर दैलौमा हिडिरहेको छु । म प्रति जनताको ठुलो आशा र अभिलाशा रहेको छ र म जनताका ति आशा र अभिलाषा परीपुर्तिका विगत देखी हालसम्म पनि निकै तल्लीन हुन्छु । त्यसैले चुनावी परिणाम पछि जनताका आशा र अभिलाषाहरु परिपुर्तिका लागि काम गर्छु ।