नवलपरासी, ०७ भाद्र ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश तेलीमाथि गाउंपालिका कार्यालय अगाडि केही व्यक्तिकाे समुहले अाक्रमण गरेकाे छ ।
वडा अध्यक्ष तेलीलाइ मार्ने नियतले गरिएकाे आक्रमण गा०पा० अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे निर्देशनमा गरिएकाे अातंकित व्यक्तिले जारी गरेकाे प्रेस विज्ञप्तिमा दावी गरिएकाे छ ।
भाद्र ५ गतेका दिन दिउंसाे १२ बजेको समयमा पाल्हिनन्दन गाउपालिका कार्यालय पुगेका केही व्यक्तिहरूकाे समुहले वडाध्यक्ष तेलीलाइ चिन्न नसकेर कार्यालय सहयोगी राजेश कुर्मीलाई कुटपिट गरि घाइते बनाएका हुन् । घटनाबाट अातंकित बनेका गाउपालिका उपाध्यक्ष पाबित्री कोहार सहित ४ वटा वडाका अध्यक्षहरूका साथै ३ जना कार्यपालिका सदस्यहरुले संयुक्त रूपमा जारी गरेकाे प्रेस विज्ञप्तिमा घटनाको मुख्य षड्यन्त्रकारि गा०पा० अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) रहेकाे दावी गरिएकाे छ ।
विज्ञप्तिमा पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको निर्देशनमा पाल्हिनन्दन गाउपालिका वार्ड नं. ०३ बेलाशपुर बस्ने चन्द्रभान धरिकार (उप-नाम मन्त्री), राजेश गुप्ताको छोरा, साधु नाउको छोरा, ज्वाला, पन्जाबी, मेलु मुसलमान, नगर प्रहरी नर्वेदेश गुप्ता र कार्यालय सहयोगी भुनेश्वर रायले हमला गरेकाे उल्लेख गरिएकाे छ ।
“जन प्रतिनिधि र कार्यालय सहयोगी माथी कुटपिट गरेकाले अाफुहरू असुरक्षित तथा उपेक्षित छौ।” विज्ञप्तिमा भनिएकाे छ, वडा अध्यक्ष ओम प्रकाश तेलीकाे ज्यान मार्ने योजना भएको र कार्यालय सहयोगि राजेश कुर्मीलाइ कुटपिट गरिएकोमा न्यायका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी, जिल्ला प्रहरी कार्यालय नवलपरासीमा माग गर्ने प्रेस विज्ञप्ति विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गाउंपालिका अध्यक्ष गुप्ता लगायत दोषीमाथि कानुनी कार्यवाही नभए न्यायका लागि शान्तिपुर्ण विरोधमा उत्रनुका साथै गाउपालिकाको कार्यालयमा तालाबन्दी समेत गर्ने विज्ञप्ति मार्फत जानकारी गराइएको छ।