नवलपरासी, ९ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले यस बर्षबाट लोकसेवा आयोग तयारी कक्षा प्रशिक्षण अभियान चलाएको छ ।
आफ्नो गाउँपालिका क्षेत्र भित्र रहेको युवा युवतीलाई सरकारी जागिरमा प्रोत्साहन गर्न उदेश्यले यस बर्षबाट लोकसेवा आयोग तयारी कक्षा प्रशिक्षण अभियान चलाएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष मधेशमा रहेका युवा युवतीलाई सरकारी जागिर तर्फ उन्मुख गराउने उदेश्यले यस बर्षबाट अभियान सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभयो ।
सरकारी जागीरको क्षेत्रमा पछिल्लो पटक मधेशका युवा युवतीहरुको आकर्षण बढ्दै गएकाले सोही अनुसार सहयोग पु¥याउन गाउँपालिले कार्य योजना बनाएर अभियान सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत गाउँपालिकाले प्रत्येक बर्ष एक सय जना युवा युवतीहरुलाई लोकसेवा आयोग तयारी कक्षा प्रशिक्षण गराईने योजना बनाएको सरावल गाउँपालिकाले जनाएको छ