लुम्बिनी । बौद्ध शिक्षाको जगेर्नाको लागि ” गृहस्थ बौद्ध जागरण अभियान – नेपाल” नामक सात सदस्यीय नव गठित संस्थाका अध्यक्ष शम्भु रानाको अध्यक्षतामा लुम्बिनीको उदयानमा गठन भएको छ ।
नव गठित संस्थाका महासचिव कृष्ण लामा र कोषाध्यक्ष लक्ष्यमण बिश्वकर्मा रहेका छन।
नव गठित संस्थाको मुख्य उद्देश्य बौद्ध दर्शन , शिक्षा , ज्ञान र बिपश्यना ध्यानलाई आम गृहस्थ नेपाली र सर्बसाधारण माझ पुर्याउनु नै रहेकोे र अबको ३ महिनामा देशको प्रत्येक गाउँ पालिका नगरपालिका , प्रदेश र केन्द्रसम्म बिस्तार गरिने केन्द्रिय अध्यक्ष शम्भु रानाले जानकारी गराउनु भएको छ ।


