लागु पदार्थ दुर्ब्यसन बिरुद्ध २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

381

उमेश वि.क, सरावल असार २ ।

नवलपरासीको सरावल गाउँपालिका वडा न.३ काे वडा कार्यालयमा लागू पदार्थ एवं दुर्त्यसन विरूद्व दुई दिने अभिमूखिकरण कार्यक्रम आज सरावलमा सम्पन्न गरिएको छ ।

भोजपुरी पत्रकार हकहित संरक्षण संस्थाको आयोजना तथा सरावल गाउपालिका वडा न.३ वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीका अध्यक्ष उमेश वि.क.को अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरीको प्रमुख अतिथ्यता उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सचेता कार्यक्रम अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो। कुलतमा फसेर कयौं मान्छे अाफ्नाे जिवन बर्बाद गरिरहेका छन।

प्रत्येक ब्यक्ति अाफ्नाे छाेरा छाेरी प्रति निगरानी राख्न जरुरी छ। लागुपदार्थ दुर्ब्यसनले सामाजिक, अार्थिक तथा स्वास्थ्य समस्याहरू निम्त्याउदछ । त्यसैले यसप्रकारका धुमपान, मद्यपान तथा लागुपदार्थकाे सेवनबाट टाढा रहनुपर्दछ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ ।

बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन भन्ने बिचार राख्नुभएको छ। कार्यक्रममा कार्यकारी अधिकृत झबेश्वर रेग्मी वडा न.३ का वडा अध्यक्ष अणेन्र्द राय, महेन्द्र मा.वि का शिक्षक धनिराम बि.क, समाजसेवी हरिलाल यादव, पत्रकार लक्ष्मी हरिजन, जितेन्द्र गुप्ता, देशबन्धु यादव, पुनम राय, दुर्गा बि.क, ममता चाैधरी, सन्दिप बि.क लगायतले कार्यक्रममा शुभकामना मन्तब्य दिईएका थिए। कार्यक्रममा ६२ जना महिला पुरुषहरूको सहभागीता रहेकाे थियाे।

कार्यक्रमकाे सहजिकरण रुपाैलिया स्वास्थचाैकि इन्चार्ज अशाेक पाण्डेले गर्नुभएको थियाे ।