1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

लागुऔषधि सहित नवलपरासीमा एक जना पक्राउ

spot_img
spot_img

संजय कुशवाहा । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ स्थित केरवानीको भित्रि सडकमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लोहरौली बस्ने वर्ष २१ को सागर गुप्ता रहेका हुन । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक बिष्णुराज तिमल्सेनाको कमाण्डमा खटिएको प्रहरी टोलिले नियमित चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ६४ प ३७८७ नम्बरको मोटरसाईकलमा ३ जना सवार रहेका मध्य २ जना फरार भएपछि मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध सहित गुप्तालाई पक्राउ गरिएको हो ।

गुप्ताले चढेको मोटरसाईलमा कालो रङ्ग झोलामा बोकेको लागुऔषध डाइजपा १९८ एम्पुल ,फेनारागन १९८ एम्पुल, नुफीन १९६ एम्पुल , हिरोईन जस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त लागुऔषध कारोबारमा संलग्न र फरार भएका दुईजनालाई खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बोहराले बताउनुभयो

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme