4 C
New York
Wednesday, November 12, 2025

Buy now

spot_img
spot_img

रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा पुनः अस्थायी डाइभर्सन निर्माण सुरु

- Advertisement -

काभ्रेपलाञ्चोक — असोज १८ र १९ गतेको लगातार वर्षापछि रोशी खोलामा आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन निर्माण सुरु गरिएको छ। दुई दिनको बाढीपछि पानीको बहाव घट्दै गएपछि आइतबारदेखि डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर डाइभर्सन बनाउन सुरु गरेको हो।

गत वर्षको असोजमा पनि सोही क्षेत्रमा बाढीपहिरोका कारण करिब आठ किलोमिटर सडक डाइभर्सनमार्फत अस्थायी रूपमा सञ्चालनमा ल्याइएको थियो। तर, शनिबार र आइतबारको बाढीले पुनः त्यही भाग बगाएर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो।

कार्यालयका अनुसार चौकीडाँडाको एक स्थान र सिन्धुलीतर्फका तीन–चार स्थानमा अस्थायी सडक निर्माण कार्य सुरु गरिएको छ। सडकको अवशेष नै नरहेकाले यसपटक पानीको सतहभन्दा माथि रहेर डाइभर्सन निर्माण गर्न लागिएको हो।

सिन्धुलीको नेपालथोक क्षेत्रबाट पनि सोमबारदेखि डाइभर्सन निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार डिभिजन सडक कार्यालय खाल्टेले दुई एस्काभेटर प्रयोग गरी पुनर्निर्माण कार्य अगाडि बढाइरहेको छ।

सिन्धुलीबाट नमोबुद्धको चौकीडाँडासम्मका विभिन्न स्थानमा सडक बगाउँदा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल वैकल्पिक मार्गका रूपमा सवारीसाधनहरू खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौं आवतजावत गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहका अनुसार रोशी र मङ्गलटार खोलाको बाढीले दर्जनौँ स्थानमा लेदो जमाएको र सडक बगेपछि पिप्ले र बोक्सेकुना क्षेत्रमा हिँड्नसमेत नसकिने अवस्था बनेको छ। सडक कटानपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले मङ्गलटार र वरपरका सुरक्षित स्थानमा राखेको बताइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले बीपी राजमार्गमा तीन दिनका लागि सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको छ। कार्यालयले क्षतिग्रस्त भागको स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामा अघि बढाइरहेको जनाएको छ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत हुने गर्छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme