उमेश बि.क
नवलपरासी, ३२ साउन
नवलपरासीलाई केन्द्र बनाएर सुनवल नगरपालिका १२ भुमहिमा रेडियो सन्देश शनिबारदेखि अाैपचारिक प्रशारण आरम्भ भएको छ ।
रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने रेडियो सन्देश ८९.८ मेगाहर्ज का अध्यक्ष सुखाडि प्रसाद चाैधरीले जानकारी दिए । बिल्कुलै नयाँ ढंगले रेडियो सञ्चालन गरिने चाैधरीको दाबी छ ।
रेडियोले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिनुका साथैं आवाजको दुनियाँमा एउटा पृथक पहिचान बनाउने उद्देश्य रहेको रेडियो सन्देशका प्रबन्ध निर्देश उमेश कुमार बि.क ले बताए । रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।
![](http://www.onlinejanata.com/wp-content/uploads/2019/08/69094539_423928391664781_3900103584947109888_n-1.jpg)
समाचार मनोरन्जन कला साहित्य संगै रेडियो सन्देशलाई अलगधार बाट प्रस्तूती गरिने रेडियो सन्देशका स्टेसन म्यानेजर नन्दलाल कवरले बताएका छन । बाबा बर्दगोरिया मिडिया प्रा.ली.द्धारा सन्चालीत ८९.८ मेगाहर्ज रेडियो सन्देश औपचारीक रुपमा प्रशारण आरम्भको एक कार्यक्रम बिच संघीय सांसद देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सांसद कण्डेलले सबै सन्चार माध्यमले निस्पक्ष पत्रकारीता गर्नु आजको मुल आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कण्डेलले आवाज बिहीनहरुका आवाज बन्न सफल नेपाली पत्रकारीता जगत अझै बलियो भएर प्रस्तुत हुनुपर्ने बिचार राख्नुभयो ।
सांसद कण्डेलले स्थानिय समस्यालाई मुख्य रुपमा समावेश गरी विभिन्न सुचना ,शिक्षा मुलक खेलकुद,मनोरञ्जन लगाएतका हरेक क्षेत्रको सुचना प्रवाह गरी आफनो चौतर्फी पहिचान बनाउन जोड दिनुभएको थियाे। रेडियो सन्चालक समितीका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सुनवल न.पा १२ का वडा अध्यक्ष यमलाल पौडेल, पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, रेडियाका प्रबन्ध निर्देशक उमेश कुमार वि.क, रेडियो समाचार शाखा प्रमुख ईन्दीरा बिश्वकर्मा लगाएतले आ— आफ्नो बिचार राख्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति संयाेजक शिव संकर राय,सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी,रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर, पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा काेहार, सुनवल नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शेषकान्त अधिकारी, सरावल गाउँपालिका वडा नं ४ का वडाध्यक्ष छाेटेलाल यादव, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको सभापति हरि शर्मा, रेडियोका उपाध्यक्ष जनमेजय यादव लगाएको सहभागीता रहेको थियाे।