उमेश वि.क / सरावल, २७ बैशाख ।
नवलपरासीकाे सरावल गाउँपालिका ४ अवस्थित काेटहि दुर्गा मन्दिर गाेबरहियाकाे परिसरमा बिश्व रेडक्रस दिवसको अवसरमा रेडक्रस सम्बन्धि जनचेतनामूलक कार्यक्रम अाज सम्पन्न गरिएको छ ।
नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावलकाे आयोजनामा तथा सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल गाेबरहियाकाे सहयाेगमा उक्त कार्यक्रम गरिएको हाे ।
नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावलकाे अध्यक्ष रामउग्रह यादवको अध्यक्षता तथा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा उपसभापति हैदरअलि माेमिनकाे प्रमुख आतिथ्यतामा रेडक्रस सम्बन्धि जनचेतनामूलक कार्यक्रम अाज सम्पन्न गरिएको हाे।
कार्यक्रममा बाेल्दै नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा उपसभापति माेमिनले विपद्को अवस्थामा समुदायनै पहिलो उद्धारकर्ता भएकोले विगतका समस्या भएको जनधनको क्षति बाट पाठ सिकेर आगामी दिनमा आउन सक्ने विपद्का घटना र त्यसका प्रभावतथा समूदायमा पर्ने असरलाई कमगर्नको लागी गाउँ पालिकाकाे सहकार्यमा समुदायका मानिसहरुको क्षमता अभिवृद्धि गर्ने कार्य तर्फ नेपाल रेडक्रस सोसाइटी लागिपरेको बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले सरावल गाउँपालिकामा उत्थानशील गाउँ प्रवद्र्धन र सहभागिता कार्यक्रम र विभिन्न कार्यक्रम संचालन गरीरहेको बताउनुभयो ।
विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्राथमिकतामा राखी समस्या आउनु अघिनै सुरक्षित हुने बारे जनचेतना फैलाउने, पूर्व तयारी स्वरुप समुदायमै उद्धारकर्ता (प्राथमिकउपचार तथा खोज तथा उद्धारकर्ता) तयार गर्र्नेे, समुदायमा विपद् ब्यवस्थापन समिति गठन गरी विपद् पूर्वतयारी योजना निर्माण गर्ने, आकस्मिक राहत कोष स्थापना गर्ने जस्ता कार्यहरु गर्न सकेमा भविष्यमा आइपर्न सक्ने विपद्हरुबाट समुदायलाई सुरक्षित बनाउन सकिने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावल सदस्य रेश्मा बि.क, समाजसेवी एवम् सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल प्रिन्सिपल सुखाडि प्रसाद चाैधरी, शिव प्रसाद चाैधरी, केशव चाैधरी, जाहिद खान, गिरधारी काेहार लगायतकाले बाेल्नुभएकाे थियो ।