0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

रेडक्रसद्वारा आगलागी पीडितमा राहत वितरण

spot_img
spot_img

नवलपरासी । नेपाल रेडक्रस साेसायटी नवलपरासी शाखाले पडरी गाउँ पुगेर आगलागी प्रभावित परिवारलाइ सनिवार राहत सामाग्री उपलब्ध गराएकाे छ ।

जिल्ला शाखाका सभापति राजेन्द्र प्रसाद अग्रहरिकाे नेतृत्वमा गएकाे टाेलीले पाल्हीनन्दन गाउँपालिकाकाे वडा नं. ६ पडरी गाउंका आगलागी पीडितलाइ गैर खाद्य राहत सामग्री त्रिपाल, कम्मल, बाल्टिन, झुल, मेट्रेस तथा लत्ता कपडा उपलब्ध गराएकाे हाे ।

हिजाे सुक्रवार पडरीमा आगलागीबाट प्रभावित भएका ११ जनाकाे परिवारमा साे समाग्री वितरण गरिएकाे हाे । हिजाे भएकाे आगलागीबाट घरगाेठ, नगद, गरगहना, लत्ताकपडा, माेटरसाइकल, बाख्रा लगायतका सरसामान तथा वस्तुभाउ जलेर नष्ट भएका थिए । आगलागीबाट पडरीमा ६ घरमा पुर्ण क्षति तथा अन्य ५ वटा घरमा आंशिक क्षति भएकाे रेडक्रसले जनाएकाे छ ।

राहत वितरणकाे कार्य विपद व्यवस्थापन समिति संयाेजक सदस्य अर्जुन बहादुर क्षेत्री र गाउंपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme