बिन्दु कुमार चौहान
लुम्बिनी ७ कार्तिक । कृषि प्रधान देश नेपालको सुगम जिल्लाको रुपमा मानिएको रुपन्देहीमा किसानहरुले लगाएको धानबाली को उत्पादन गतबर्षको तुलनामा यस घटने भएको छ ।
जिल्ला कषि बिकास कार्यालय रुपन्देहीले सार्बजनिक गरेको बार्षिक तथ्याँक अनुसार अबिरल वर्षा, बाढी तथा खेती योग्य जग्गामा घडेरी निर्माणका कारण गतबर्षको तुलनामा यस बर्ष धानको उत्पादन घटने भएको हो ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली शाखा प्रमुखले बिनोद ज्ञवालीले दिएको जानकारी अनुसार गतवर्ष ६९ हजार ६ सय हेक्टरमा लगाईएको धानबालीको उत्पादन ३ लाख ५२ हजार मेट्रिक टन भएकोमा यस बर्ष उत्पादन घटने जानकारी गराए । कारणमा बाढी, वर्षा र प्लटिंग गरि घरघडेरी निर्माण हुनु रहेको छ ।
बाली शाखा प्रमुखले बिनोद ज्ञवालीले दैवी प्रकोपबाट बच्न किसानहरु बाली बीमा गराउनुका साथै राज्यले खेतीयोग्य जग्गामा घरघडेरी निर्माणकार्यमा रोक लगाई कृषि उत्पादनमा बृद्धि गराउन ठोस योजना ल्याउन आवश्यक रहेको सुझाव समेत दिए ।
रुपन्देहीका किसानहरुले गोरखनाथ, साम्भा मन्सुली, राधा ४ र बिभिन्न प्रजातिका हाईब्रीड धान लगाएता पनि बाढी र घरघडेरी निर्माण जग्गा प्लाटिङ गरि पर्ती छाडिएको कारण धान उत्पादन घटने कृषि बिकास कार्यालयले जनाएको छ ।