नवलपरासी, २३ असोज । जिल्लाको रामग्राम नगरपालिका भित्र रहेको रामग्राम स्तुप विकासको लागि छुटै विकाष कोष गठन गर्न आज देखि हस्ताक्षर संकलन अभियान शुरु गरिएको छ ।
वडा नं ७ उजैनिमा रहेकाे स्तुप विकाषको लागि लुम्बिनि विकास कोष जिम्मेवार भएपनि उसको चरम लपरवाहिले ओझेलमा परेको छ ।
स्तुप विकासको लागि छुट्टै विकास कोष भए मात्र सम्भव भएको सो कार्यक्रममा बताईएको छ । सदरमुकाम परासीमा एक कार्यक्रमबिच शुरु गरीएको हस्ताक्षर अभियानमा प्रमुख अथिति नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्तुप विकासमा नगरपालिकाले पहिला देखि नै पहल गर्दै आएको र निरन्तर गर्दै जाने बताउनु भएको छ । स्तुप विकास भएपछि जिल्ला र नगरको स्वरुफ फेरीने तथा विकासको स्रोत मध्ये स्तुप पनि एक भएको कारणले गर्दा यसको विकास हुन आवश्यक भएको गुप्ताले बताउनु भएको छ ।
नगरपालिकाको प्रमुख नरेन्द्र कुमार गुप्ताद्वारा शुरु गरीएको हस्ताक्षर अभियान गाँउगाँउ बाट पनि गरीनेछ । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष शम्भु प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।