1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

रामग्राम स्तुपा लीजमा दिने प्रकृयाकाे स्थानीयद्वारा विराेध

spot_img
spot_img

वृजराज कुशवाहा, नवलपरासी । रामग्राम स्तुपाकाे उत्खनन् तथा अन्य संरचना निर्माण कार्यका लागि लुम्बिनी विकास काेषले ९९ वर्षका लागि लीजमा दिन लागेकाे भन्ने खबर सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा विराेधकाे वातावरण सिर्जना भएकाे छ ।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले छुट्टाछुट्टै दिएकाे प्रतिक्रियामा स्थानीय सराेकारवालासित समन्वय नगरिएकाे तथा काेषले नीजि कम्पनीलाइ जिम्मा दिन नहुने भन्दै विराेध गरिएकाे हाे ।

रामग्राम नगरपालिकाका प्रमुख यादवले अनलाइनजनतासितकाे कुराकानीमा लीजमा दिन लागिएकाे कुरा स्थानीय सरकारसित कुनै समन्वय नगरिएकाेले यस प्रकृयाकाे विराेध गर्छाैं, भन्नुभएकाे छ । लुम्बिनी विकास काेषले स्थानीयवासी र स्थानीय तहलाइ बेवास्ता गर्दै गरेकाे याे निर्णय हामीलाइ मान्य हुदैन । काेषले स्वयम गर्नुपर्ने स्तुपकाे उत्खनन तथा संरक्षण प्रवर्धनकाे काम नीजि कम्पनीलाइ ९९ वर्षकाे लागि जिम्मा लगाएर बुद्धकाे दर्शन एवम स्तुपाकाे मर्मकाे विपरित काम गरेकाे प्रतिक्रिया दिनु भएकाे छ ।

प्रमुख यादवले स्तुपाकाे यी सबै काम डब्लपमेन्ट ट्रष्ट मार्फत गर्ने विचार अगाडि सार्नु भएकाे छ । स्थानीयवासीले उचित राहत पाउनुपर्ने उहाँकाे माग समेत रहेकाे बताउनु भएकाे छ ।

त्यस्तै, रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष उपाध्यायले एक विज्ञप्ति सार्वजनिक गर्दै लुम्बिनी विकास काेषले गर्न लागेकाे स्तुपाबारेकाे निर्णय नमान्ने बताउनु भएकाे छ । जुन काम विकास काेष आफैले गर्नुपर्ने हाे , त्याे काम बदनियत पुर्ण तवरले नीजि कम्पनी द प्राेमिस लैण्ड प्रा. लि. लाइ दिएकाले निर्णय बदर गर्नुपर्ने माग राख्नु भएकाे छ ।

लुम्बिनी विकास काेषका उपाध्यक्ष एवम विवादित व्यक्तित्व ल्याहारकाल लामाले बिना प्रतिश्पर्धा ९९ वर्षका लागि रामग्राम स्तुपाकाे ४ बिगहा तथा स्थानीयवासीकाे १ सय १६ बिगहा गरि कुल १ सय २० बिगहा क्षेत्रफलकाे जग्गा नीजि कम्पनीलाइ दिनकाे लागि अगाडि बढाएकाे प्रकृयाकाे जानकारी बाहिरिएपछि विराेध हुन लागेकाे कुराले चर्चा पाउन थालेकाे छ ।

उता सार्वजनिक लेखा समितिले घटनाकाे छानवीन शुरू गरेकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme