नवलपरासी, ५ असोज ।
दक्षिण कोरियाको राजधानी सोलमा एक साता अघि सम्पन्न २०१७ ईन्टरनेशनल सिटी समिट एण्ड् मेयर्स फोरम कार्यक्रममा नेपालका ६ वटा स्थानिय तहलाई स्मार्ट सिटीको रुपमा दिगो विकासका लागि दक्षिण कोरियाले विविध योजना अघि सारेको बरे जानकारी दिईयो । नवलपरासीकाे रामग्राम नगरपाललिका पनि ६ भित्र परेकाले नगरपालिकाबासीमा खुशियाली छ ।
सम्मेलनमा भाग लिइ फर्कनुभएका रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै ति स्थानिय तहरुलाई दिगो विकास गर्ने उदेश्यका साथ दक्षिण कोरिया सहयोग गर्न लागेको बताउनुुभयो ।
छनौटमा परेका र दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिका तर्फ काठमाण्डौ र पोखरा रहेका छन् भने नगरपालिकाहरु तर्फ नवलपरासीको रामग्राम, धादिङ्गकोे निलकण्ड, धुलिखेल र भक्तपुर रहेका छन् ।
बिशेष गरी गौतम बुद्धको अष्ठुधातु रहेको नवलपरासीको रामग्राम सहित बुद्धको सक्रिट भएका महत्वपुर्ण स्थलहरुलाई लक्षित गरी यस क्षेत्रमा दक्षिण कोरियाले उच्च प्राथमिकताका साथ सहयोग गर्न लागेको हाे ।
ति स्थानिय तहलाई चौतर्फी रुपमा स्माट सिटीको रुपमा बिकास गर्न विविध प्रकारले आर्थिक लगानी मार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ ।
पत्रकार सम्मेलनमा नगरप्रमुख गुप्ताले थप गर्दै मुख्य बजार क्षेत्रलाई स्मार्ट सिटी कै अवधारणामा सडक व्यवस्थापन देखी पर्यटकीय क्षेत्रको विकाससम्म दक्षिण कोरीया सहयोग गर्न तत्परता देखाएको जानकारी दिनुभयो । जसका लागि विविध प्रकारको प्राविधिक सहयोग कोरियाले गर्न लागेको छ ।
एक हप्ता सम्म चलेको फोरम सहित फिल्ड भिजिट कार्यक्रममा बिश्व भरीका करिब ५० देशका करिब १३० जना नगर प्रमुख तथा मेयरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दक्षिण कोरिया अाफैले ३५ बर्षमा गरेको चौतर्फी विकासबारेकाे अवधारणा विस्तृत रुपमा जानकारी गराईएको थियो ।
सो फोरम कार्यक्रममा स्मार्ट सिटीको रुपमा विकास भईसकेका विभिन्न देशका विभिन्न उत्कृष्ट सिटीहरुको अवस्था र नेपालमा त्यसको कार्यान्वयनको बारेमा समेत छलफल गरिएको थियो ।
सो अवसरमा नेपाली टोलीलाई दक्षिण कोरियामा रहेको साईन्स एण्ड रिसर्च सेन्टरको अध्ययन अवलोकन समेत गरिएको टोलीमा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाई छ ।
सो अवसरमा नेपालबाट ६ जना स्थानिय तहका प्रमुखहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम मार्फत नेपालको चौतर्फी बिकास साथै नेपालसँग र बिभिन्न देश बिच अन्तरराष्ट्रिय सम्बन्ध बलियो हुनेमा अपेक्षा गरिएको छ ।