21.7 C
New York
Saturday, September 14, 2024

Buy now

spot_img
spot_img

राजीनामा माग्दै पर्यटनमंत्री विरुद्ध नाराबाजी

spot_img
spot_img

लुम्बिनी । लुम्बिनी विकास कोषको बैठकमा भाग लिन लुम्बिनी पुगेका संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमंत्री बद्री प्रसाद पाण्डेले लुम्बिनीलाइ बेवास्ता गरेकाे भन्दै उनी बिरुद्ध नाराबाजी गरिएको छ । मंत्री पाण्डेले लुम्बिनीबासीलाइ बेवास्ता गरेको भन्दै स्थानीयले उनको राजीनामा माग गरेका हुन् ।

संस्कृति मंत्री पाण्डेलाइ लुम्बिनी विकास कोषको बेथितिबारे जानकारी दिन तथा ज्ञापनपत्र बुझाउन समय माग गर्दा बेवास्ता गरेको र कोषको अनियमिततालाइ ढाकछोप गर्ने प्रयास गरेको भन्दै स्थानीय लुम्बिनी बचाउ महाअभियानले उनको राजीनामा माग गरेको हाे ।

संस्कृति मंत्री पाण्डे सहित बिकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य र प्रशासकीय प्रमुख ज्ञानिन राइ, समेतको राजीनामा माग गर्दै सयौंको संख्यामा बिरोधमा उत्रेपछि मात्र मंत्रीलाइ भेट्ने समय मिलाइएको महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।

मंत्री पाण्डेले परिषद बैठक रोकेर भेट्ने तथा ज्ञापन पत्र बुझ्ने समय मिलाएपछि मात्र अभियानले विरोधका अन्य कार्यक्रम फिर्ता लिएको थियाे । महाअभियानका संयोजक खाँले, “शान्तिपूर्ण कुरा नसुनिदिने तथा आन्दोलित लुम्बिनीबासीका जायज मागलाइ बेवास्ता गरि कोषका दुइ÷चार जना पदाधिकारी÷कर्मचारीको कुरामा बहकिने मंत्री पाण्डे सो पदका लागि योग्य छैनन ।” भने ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले मंत्रीको ब्यस्त समय तालिकाका कारणले स्थानीयलाइ समय दिन ढिलाइ हुन गएको बताए । उनले भने, “आफू पूर्ण निष्ठा र इमान्दारीका साथ लुम्बिनीलाइ बचाउन, बनाउन र गुरुयोजना पूरा गर्न लुम्बिनी आएको हो ।” लुम्बिनी बिकास कोष भित्रैबाट आफूलाइ असल काम गर्न असहयोग भइरहेको लामाले बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme