राईनो संरक्षण गोल्डकप फुटबल कार्तिक ११ गतेबाट

11

नवलपरासी,२९ असोज

पूर्वी नवलपरासी नवलपुरको मध्यविन्दुमा दुर्लभ एकसिंगे गैडा संरक्षणको सन्देश प्रवाहका लागि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

कार्तिक ११ गतेबाट प्रतियोगिता हने आयोजक नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

बिगत पन्ध्र वर्षबाट संचालन हुदै आएको प्रतियोगितामा विभागिय तथा ए डिभिजनका टिमको समेत सहभागिता रहने छ । प्रतियोगितामा विजेताले ४ लाख उनान्सय हजार ५ सय पचपन्न रुपैया प्राप्त गर्नेछ भने उपविजेताले रु २ लाख पचपन्न हजार ५ सय पचपन्न पुरस्कार प्राप्त गर्ने मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न रु ७० लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता संचालन गर्नका लागि नेपाल सरकार सहित बिभिन्न गैह् सहकारी संस्थाको समेत सहयोग रहने आयोजक मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

खेलको माध्यमबाट युवाहरुलाई वन,वन्यजन्तु संरक्षणमा लाग्ने उत्प्रेरणा जगाउन समेत प्रतियोगितको आयोजना गरिएको आयोजकले जनाएको छ ।