होमराज रानाभाट, नवलपरासी कात्तिक २९ गते ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले यस निर्बाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी गर्नुभएको छ । ईतिहास बोकेको पुरानो पार्टी काग्रेंसको बिजयलाई कसैले पनि रोक्न नसक्ने कोइरालाले बताउनुभएको छ ।
नेपाली काग्रेंसको चुनाब प्रचार तथा प्रसार कार्यक्रमलाई आज आफनो निर्बाचन क्षेत्र नवलपरासी बर्दघाट सुस्ता पुर्ब क्षेत्र नं १ को कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै कोइरालाले सो बिचार बयक्त गर्नुभएको हो । काग्रेंस सत्तामा रहँदा नै मुलुकमा धेरै काम भएकोले काग्रेंसकोे बिजयलाई साम्यबादले पनि रोकन नसक्ने कोइरालाको भनाई थियो ।
आठ हजार यातायात भउको नेपालमा अहिले ८१ हजार किलोमिटर यातायात पुगेको, एउटा बिश्वबिद्यालय भउकोमा अहिले १० वटा बिश्वबिद्यालय, १९ वटा मेडिकल कलेज पुगेको र यो सबै काग्रेसकै कारणले भएको महामनत्री डा. कोइरालाले बताउनुभयो ।
चुनाबमा एक भएर लाग्नोस र काग्रेसले जित्नु पर्ने र मुलुकलाई बीपी कोइरालाले संकल्प गरेको सिद्धान्तमा अगाडि बढाउने दायित्व अब आफनो काँधमा आउको उहाँले बताउनुभयो । अबको प्रधानमन्त्रि रामचन्द्र पौडेल र आफुमध्ये एक हुने र मुलुकलाई कायापलट गराउन आफु संग स्पष्ट दृष्टिकोण भएको कोइरालाले खुलासा गर्नुभयो ।
काग्रेंस अहिले एक ढिक्का भएर चुनाबमा होमिएकाले अन्तरघात गर्नै जो कसैलाई पनि कडा कारबाही गर्ने चेतावनी दिदैं कोइरालाले काग्रेंस भएर अनुशासन भनदा बाहिर गएर कसैले पनि गलत कुरा गरेर पार्टिलाई कमजोर बनाउने सपना बुनेको छ भने अब त्यस्तालाई कारबाही गरेर पार्टी शुद्धिकरण गरिने पनि बताउनुभयो ।
अब काग्रेस बिचारले अघि बढने स्पष्ट पार्दै काग्रेस महामनत्री डा. कोइरालाले बिचारमा अघि बढेको पार्टी भएकै कारण अब काग्रेंसको बिजयलाई कसैले रोक्न नसक्ने कोइरालाले बताउनुभएको छ । काग्रेंस ले जस्तो सुकै कठिन परिस्थिति मा पनि मुलुकलाई अघि बढाउन सक्ने भउकाले पनि यो चुनाब उसको बिचारले जित्ने र यो चुनाबमा काग्रेंस आफनो बिरासत कायम राख्न पूर्ण सक्षम हुने कोइरालाले दाबी गर्नुभएको छ ।
नेपाली काग्रेस नवलपुर क्षेत्र नं १ को काग्रेंस चुनाब प्रचार प्रसार कार्यालयहरुको आज बिभिन्न ठाउँमा उद्दघाटन गर्दै महामन्त्री डा. कोइरालाले कथित बाम गठबन्धनले काग्रेंसलाई बिचलित बनाउन नसक्ने र अहिलेको बिजयलाई नेपाली जनताले साथ दिने बताउनुभयो । नेपाली काग्रेस यो देश लाई समृद्धिको बाटोमा अघि बढाउन र यसले नेपाली जनताका लागि त्याग गरेको स्मरण गर्दै यसको बिजयलाई सधैं नेपाली जनताले साथ दिईरहेका कोइरालाले स्पष्ट पार्नुभयो ।
यो दुबै चुनाब काग्रेंसका लागि महत्व राख्ने भएकाले यो चुनाबलाई काग्रेंस कायृकर्ताले आफनो पोल्टामा पार्न सक्षम हुने कोइरालाले दाबी गर्नु भएको छ ।नेपाली काग्रेंस क्षेत्र नं १ नवलपरासीका काग्रेंस उम्मेदवार समेत रहनुभएका कोइरालाले पार्टीकां कार्यकर्तालाई सम्बोधन गर्दै एक महिना पार्टीका लागि खटनोस पाँच बर्ष पार्टी देश र जनताको बिकासका लागि खटने बताउनुभयो र भन्नुभयो ।
अहिले नेपाली काग्रेंस लाई सिध्याउने खेलमा बामगठबन्धन लागे पनि त्यसले काग्रेंसलाई बेफाईदा होइन थप मजबुत र उत्साह थपेकाले जनताले साम्यबाद रोजेर दास भएर बाँच्ने कि लोकतन्त्र रोजेर स्वतन्त्र भएर बााच्ने फैसला गर्ने बेला आउको छ । उहाले त्यसैले साम्यबाद लाद्न खोज्नेहरुलाई परास्त गरेर काग्रेंस पहिलो शक्त्ति भएर चुनाब जित्नेमा ढुक्क हन आग्रह गर्नुभयो र त्यसका लागि कार्यकर्ता बीच एकता र मेलमिलाप जरुरी रहेको र त्यसरी नै परिचालन हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
काग्रेंस कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले काग्रेस यो धर्तीृमा कहिल्यै बिचलित नभएको र यसलाई कसैले सिध्याउँछु भनेर लागे पनि यो नेपाली जनताको मायाँ पाएर नेपाली जनताको मनमा बस्न सफल भएको र कसैले काग्े्रसलाई सिध्याउँछु भनेर भन्छ भने उ आफै सकिने बताउनुभयो । उहाँले काग्रेंस बाम गठबन्धनका कारण चुनाब हार्छ भनेर हल्ला फिंजाउने हरु लाई कम्युनिष्ट शासन बिश्वबाटै पतनको बाटोमा अघि बढिरहेकाले तयसको लागी अत्तिनु नपर्ने बताउनुभयो ।
कार्यकर्ताहरुलाई अहिले गाउँ गाउँ जान र पाटीृको पक्षमा माहौल बनाएर अघि बढन् कोइरालाले आग्ह गर्नुभयो । उहाँले कथित बाम एकताले काग्रेंसलाई थप उर्जा मिलेको र काग्रेंसले यो निर्बाचन जित्ने र काग्रेंसका कार्यकर्ताले पार्टी अनुशासनमा रहेर सशक्त ढंगले प्रचार प्रसारमा लाग्न र जनतालाई काग्रेंसको सिद्धान्त र नीतिका बारेमा राम्रो संग बुझाउन र निर्बाचन जसरी पनि जित्ने बाताबरण बनाउन पार्टीका स्थानीय नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्बको क्षेत्र नं १ का उम्मेदवार समेत रहनुभएका डा. कोइरालाले बामहरुको कथित एकता ले काग्रेंसलाई फाईदा हुने दाबी गर्दै यसले काग्रेंस भित्र भएका सबै असन्तुष्ट समाप्त भएको र पार्टी एक ढिक्का भएको ले अब काग्रेंसलाई हराउन कसैले पनि नसक्ने दाबी गर्नुभयो ।
अहिले लोकतान्त्रिक र बाम राजनीतिक दल तब्रि धुबी्रकरण भए पनि काग्रेंस बलियो शक्ति भएको र यसले काग्रेंस भित्र थप एकता र संगठित हुने अबसर दिएको बताउनुभएको छ ।उहाँले अहिले हामीले पाएका सबै उपलब्धिको अन्तय गर्दै साम्यबाद लादने कि लोकतन्त्रको रक्षा गरि मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउने फैसला गर्ने बेला अब नेपाली जनतामा आएकाले एक ढिक्काका साथ काग्रेंस जिताउन लाग्न कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले कागेंस हार्दा मुलुक र लोकतन्त्र हार्ने भएकाले कागेंसका कार्यकर्ताहरुलाई यो चुनौतीको सामना गर्न र संगठनमा एक भएर लाग्न आग्रह गर्नुभयो ।