म हुं खतरनाक डेङ्गी

84

कविता

रातीमा सुन्दा लगाउंछौ झुल सिजनमा हामीले ।
डेङ्गी त सार्दा रैछन नि वरै, दिउँसमा खानेले।।
फोहोर पानी चाहिने होइन, बस्दछन् सफामा ।
अन्डा नि पार्ने स्थिर र सफा, छ भने त्यसैमा ।।

काम गर्नलाइ चाहिन्छ पानी, संकलन गरौं है।
नराखौं खुल्ला लामखुट्टे बस्छ, राम्ररी छोपौँ है।।

हाफ लुगा पनि नलगाउँ हामी, गर्मी छ भनेर।

फूल लुगा लगाउँ रोगथाम हो रे डेङ्गीको जानेर।

सौखिन छ रे लामखुट्टे पनि हाइटमा जांदैन।
नरिवल तेल घुँडाको मुनि, त्यो टोक्न सक्दैन।
लामखुट्टे पनि छिर्के र मिर्के चिटिक्क परेको ।
विहान साँझ टोक्छ रे त्यस्ले, कुन्नि के गरेको ।

रोग सार्ने त्यसको उद्देश्य होइन, सर्ने हो टोक्दैमा।

चुस्दछ रगत साँझ र विहान, आफ्नो त्यो भोकमा।।

त्यसैले यस्को वासस्थान मासी लामखुट्टे भगाऔं है।

सड़कका टायर खाल्डा र खुल्डि पानीलाइ हटाउँ है।।

ज्वरो आइ शरिरका जोर्नी अत्याधिक दुखेमा।
शरिर पूरै कटकटी खाइ, हाम्रो मुख सुकेमा।।
डेङ्गी पो हो कि भनेर हामी स्वास्थ्य संस्था जाऊँ।
दवाई कडा हुन्न नि खान, सिटामोल मात्र खाऊँ।।

र याे पनि ….. स्तनपान सप्ताह २०८०

रचना :- गोमा गौतम, सि. अ. हे. व. छैटौं