काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले गएराति भक्तपुरस्थित उनकी निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका एक स्रोतका अनुसार, सुरक्षा व्यवस्था अस्थिर बनाउन सकिने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई राति करिब १० बजे पक्राउ गरिएको हो। पक्राउ पछि उनलाई त्यसै राति काठमाडौं ल्याइएकाे जनाइएको छ।
प्रसाईंलाई हिंसा भड्काउने र अराजक गतिविधि उक्साउने प्रकारका वक्तव्य दिएको आरोप लगाइएको प्रहरीले बताएको छ।















